पढ्न करिब 2 मिनेट लाग्छ

प्रकाश बम/फागुन १५, डोटी । डोटीमा सल्लाका रुख कटान गर्न लागेको जिल्ला बन कार्यलय डोटीले जनाएको छ ।

जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे सिलगढीमा अन्तरक्रिया कार्यक्रम पछि माथिल्लो फुलौट सामुदायि बनमा गरीएको अनुगमन उक्त कुराको जानकारी गराएको हो ।

बैज्ञानिक बन ब्यवस्थापनको अबधारणको कार्ययोजना अनुसार पुर्बिचौकि गाउपालिका – १ मा रहेको सामुदायिक बनमा रहेका ४ सय पच्चिस सल्लाका रुखमा

लगाएका टाँचा मध्ये दुइ सय अठासि सल्लाका रुख कटान गर्न लागिएको जिल्ला बन अधिकृत बद्रि कुमार कार्किले जानकारी दिनु भयो ।

जिल्ला बन कार्यलयको दश बर्षको कार्ययोजना अनुसार पहिलो बर्ष बैज्ञानिक पद्धति अनुसार ६.५ हेक्टरमा रहेका बनमा काम नलाग्ने रुख यसै आर्थिक बर्ष भित्र कटान गर्न लागिएको उहाले बताउनु भयो ।

सामुदायिक बनलाई उक्त सल्लाका रुख कटान गर्न अनुमति दिन लागेको बन अधिकृत कार्किले बताउनु भयो । अनुगम गरीएको सामुदायिक बनमा बन ऐन निर्देशिका बिपिरीत सल्लाका रुखमा खोटो संकलन गरीएको जिल्ला समन्वय समितका उप –संयोजक शसि शोपले बताउनु भयो ।

यसरी निर्देशिका बिपरीत खोटो संकलनले जिल्लामा रहेका सल्लाका रुख सुक्ने भएकाले निर्देशिकाको दायरमा भित्र काम नगर्ने कानुनि दायरामा ल्याउनु पर्ने उहाले बताउनु भयो । अनुगमन कार्यक्रममा सरोकारावालहरुको उपस्थिति रहेको थियो ।

डोटीका गन्धर्व बन जोगाउ अभियानमा

डोटीमा यतिबेला गन्र्धव जातिहरु बन जोगाउने गित गाउदै बिभिन्न कार्यक्रममा सहभागि भै रेहका छन् ।

गर्मि याममा बन जोगाउ, आगो नलगाउ भन्दै आज जिल्ला बन कार्यलयल डोटीले गरेको अन्तक्रीया कार्यक्रममा चार जना गन्र्धबहरुले सहभागिहरुलाई मन छुने गित सुनाएका थिए हुन् ।

सारङ्गिको धुन र मादलकोतालमा बन सम्पदा सम्बन्धि गन्र्धवहरुले गित गाएका थिए । पछिल्लो समय आधुनिकगित संगितका कारण पछाडी परेको लोपोन्मुख गन्र्धव जाति संगितका माध्यमबाट अहिले जन चेतना मुलक गित गाएर जिविका पार्जन गर्दै आएको हेमराज गन्र्धवले बताउनु भयो ।

सारङ्गि बजाएर यसैका स्वरमा लपक्क पार्ने गरी दर्शक श्रोतालाई लोभ्याउन्या गन्र्धव जातीको बिशेषता रहेको छ । आर्थिक उपर्जान गर्ने श्रोतका रुपमा सारङ्गि रेटेर र गित गाउने गन्र्धव जातिको पेशाका रुपमा लिन सकिनछ ।