२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पनि छैठौँ स्वास्थ्य सेवा दिवस मनाइयो

२०७४, १५ फाल्गुन मंगलवार १६:३५

फागुन १५, कालिकोट । छैठौँ स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । 

‘राज्यको सबै तहमा स्वास्थ्य सेवाको पुर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा समृद्धि एवं दिगो विकासको आधार’ भन्ने मुल नाराका साथ मंगलबार जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा छैटौँ स्वास्थ्य सेवा दिवस कालिकोटमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको हो ।

स्वास्थ्य सेवा दिवसका अवसरमा जिल्ला सदरमुकाम मान्मको जिरो प्वाइन्टदेखी प्रतिमा चौकसम्म बृहत ¥याली सहित प्रतिमा चौकमा कोण सभाको आयोजना गरिएको थियो । खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षतामा भएको कोणसभामा बोल्ने वक्ताहरुले नागरिक स्वस्थ्य नभई विकास र समृद्धिले गति लिन नसक्ने बताउँदै मानव स्वास्थ्य जस्तो संवेदनशिल कुरामा सबैले ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, उप प्रमूख बिजया बिष्ट, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक डा. सुवास शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमूख मोहम्मद् ओजैर आलम लगायतका वक्ताहरुले संविधानले नै नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

उनीहरुले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिक पुर्वाधारको आवश्यकता हुने बताउँदै सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माणका लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले अंग्रेजी महिनाको फेब्रुवरी महिना आयोडिन महिनाका रुपमा मनाउँदै आएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला