२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पनि छैठौँ स्वास्थ्य सेवा दिवस मनाइयो

१५ फाल्गुन २०७४, मंगलवार १६:३५

फागुन १५, कालिकोट । छैठौँ स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । 

‘राज्यको सबै तहमा स्वास्थ्य सेवाको पुर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा समृद्धि एवं दिगो विकासको आधार’ भन्ने मुल नाराका साथ मंगलबार जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा छैटौँ स्वास्थ्य सेवा दिवस कालिकोटमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको हो ।

स्वास्थ्य सेवा दिवसका अवसरमा जिल्ला सदरमुकाम मान्मको जिरो प्वाइन्टदेखी प्रतिमा चौकसम्म बृहत ¥याली सहित प्रतिमा चौकमा कोण सभाको आयोजना गरिएको थियो । खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षतामा भएको कोणसभामा बोल्ने वक्ताहरुले नागरिक स्वस्थ्य नभई विकास र समृद्धिले गति लिन नसक्ने बताउँदै मानव स्वास्थ्य जस्तो संवेदनशिल कुरामा सबैले ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, उप प्रमूख बिजया बिष्ट, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक डा. सुवास शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमूख मोहम्मद् ओजैर आलम लगायतका वक्ताहरुले संविधानले नै नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

उनीहरुले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भौतिक पुर्वाधारको आवश्यकता हुने बताउँदै सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माणका लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले अंग्रेजी महिनाको फेब्रुवरी महिना आयोडिन महिनाका रुपमा मनाउँदै आएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य