बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढु"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा

२०७४, १६ फाल्गुन बुधबार ०६:५५

चिसाङ शेर्पा/फागुन १६, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा आएको छ ।


बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्मको २५ किलोमिटर मोटरबाटो मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेपछी सञ्चालनमा आएको हो ।

तत्कालिन गाउँ बिकास समितिको पहल र नेपाल सरकारको अर्थ मन्त्रालयबाट बिनियोजित ५ करोड लागतमा तीन बर्ष अगाडी निर्माण सकिएको कच्ची सडकलाई पुनः मर्मत गरेर सञ्चालनमा ल्याईएको हो । 

बराहपोखरी गाउँपालिकाको पौवासेराबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्म आईपुग्ने मोटरबाटो तीनबर्ष अगाडी निर्माण सकिए लगत्तै सञ्चालनमा आउनुपर्ने भए पनि सडकको दायाबायाँमा ढिस्को तथा पहिरो खसेर बिग्रको थियो । पहिरो तथा ढिस्कोले बिगारेको सडकलाई गाउँपालिकाको २० लाख बजेटमा मर्मत गरेर सञ्चालनमा ल्याईएको बराहपोखरी गाउँपालिकाकी उप–प्रमुख गोमा मगरले जानकारी दिनुभयो । 

उद्घाटनसँगै यात्रुबहाक सवारी साधन, ट्याक्सी, ट्याक्टरजस्ता सवारी साधन चल्न थालेको छ । सडक सञ्चालनमा आएपछी स्थानिय बासिन्दालाई दैनिक जनजिबनमा सहजता आएको छ । सञ्चालनमा आएको बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सडक कालोपत्रेका लागि सर्बे पनि भइसकेको गाउँपालिकाले जनाएको छ ।

कालोपत्रे गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बिशाल भट्टराईले आश्वसन दिनुभएको छ । उद्घाटन कार्यक्रममा चौदण्डी नगरपालिका उदयपुरका मेयर खगेन्द्र राईको पनि उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा