१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लामा  भ्रुण हत्या बढ्दै

११ भाद्र २०७२, शुक्रबार ०५:५०

भदौ११, पर्वत । सरकारले सुरक्षित गर्भपतन सेवालाई बैधानिकता दिएपछि यतिबेला गर्भपतन गर्नेको संख्या जताततै बढेको पाइन्छ ।

असुरक्षित यौनसम्पर्क वा चाहाना नहुदाँ नहुदै रहेको बच्चा, सन्तानको चाहाना पुरा भएपछि वा अन्य कुनै कारणका कारण यतिबेला भ्रुण हत्या दिनानुदिन बढेको पाइन्छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सुरक्षित गर्भपतन सेवा सुरु गरेपछि जिल्लामा गर्भपतन गर्नेको संख्या बढेको पाइएको छ । आर्थिक बर्ष २०७१÷७२ मा मात्रै जिल्लाबाट ६ सय ७१ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

गत आर्थिक बर्षमा कति जनाले गर्भपतन सेवा लिएका थिए त्यसको बारेमा उनले स्पष्टसँग खुलाउन नचाहे पनि गत आर्थिक बर्षमा भन्दा अहिले जिल्लामा गर्भपतन गराउनेको संख्या बृद्धि भएको बताए । पर्वतमा अहिले एघार स्थानबाट सुरक्षित गर्भपतन सेवा संचालनमा आएको उनको भनाई छ ।

सरकारले नै गर्भपतन सेवालाई बैधानिकता दिएपछि यो सेवा लिनेको संख्या बढेको हो । सरकारले नै गर्भपतन सेवालाई बैधानिकता दिएपछि जिल्लामा बढ्दो भ्रुण हत्याले प्रथामिकता पाएको हो ।

जिल्ला अस्पतालबाटै यो सेवा शुरु हुन थालेपछि अहिले विभिन्न ठाउँबाट गर्भपतन गराउन आउनको संख्या बढेको छ । जिल्लामा अहिले गर्भपतन सेवा लिनेमा बढी अविवाहित भएको स्रोतको दाबी छ । जिल्लामा गर्भपतन सेवा नहुदाँ म्याग्दी र मुस्ताङ पुग्ने अविवाहित जोडीले गर्भपतन गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार