२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीलाई नागरिक मैत्री तालिम

२०७२, १६ भाद्र बुधबार ०२:२२

भदौ १६, पर्वत / समाजमा शान्ति, सुशासन तथा सदभाव कायम गर्नको लागि नेपाल प्रहरीको भुमिका महत्वपूर्ण हु्न्छ भने नागरिकको पनि त्यतिनै महत्वपूर्ण भूमिका रहन्छ ।

parbat prahari

समाजमा केकस्ता घटना घटे वा हुदै छन् त्यसको बारेमा प्रहरीलाई जानकारी दिने नागरिकको कर्तव्य हो तर प्रहरी र आम नागरिक विच सदभाव र सहकार्य नहुदाँ समाजमा द्वन्द्व तथा हिंसाका घटनाहरु हुने गर्दछन्े जसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी एकमात्रैको पहल र सामाथ्र्यले काम दिदैन् जसका कारण समाजमा शान्ति स्थापनामा बाधा पुग्नु जान्छ । प्रहरी र नागरिक भनेका एक रथका दुई पांङग्रा सरह हुन ।

जब रथमा एक पाङग्रा भएन भने रथ एक पाङग्राले कसरी चल्न सक्छ त्यस्तै हो नागरिक र प्रहरी विचको सम्बन्ध । जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी र नामगरिक विचको सम्बन्ध कस्तो हुनुपर्छ र प्रहरी र नागरिक विचमा कस्तो व्यवहार राख्नु उपयुक्त हुन्छ भन्ने बारेमा आफ्ना उपल्लो तहका प्रहरीलाई नागरिक र प्रहरी विचको व्यवहार तथा सम्बन्धका बारेमा प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी नायब निरिक्षक देखि लिएर प्रहरी जवान दर्जाका प्रहरीलाई दूई दिने नागरिक प्रहरी विचमा गरिने व्यवहार सम्बन्धका बारेमा तालिमको संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नागरिक र प्रहरी विच कस्तो आपसी सम्बन्ध रहेमा समाजमा दिगो शान्ति स्थापना तथा अप्रिय घटना लागुऔषध द्ुव्र्यसनी, महिला हिंसा लगाएतका घटनाको नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गरिने बताइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनजित तामाङले सहजीकरण गर्ने बताइएको छ । केहि समय अगाडी परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरिक्षक गंगा पन्तले प्रहरी र नागरिक विचको सम्बन्ध नङ र मासु सरह भएको भन्दै नागरिक र प्रहरी समाजका विम्ब भएको बताएकी थिइन ।

सो कार्यक्रममा उनले नागरिक पनि एउटा बर्दि विनाको प्रहरी भएका कारण समाजमा के कस्ता घटना घट्छन त्यसको बारेमा जानकार।ी दिनु नागरिकको कर्तव्य भएको उल्लेख गरेकी थिइन् । पन्तले जिल्लाको शान्ति सुरक्षाको नागरिकलाई नै बर्दी विनको प्रहरीको रुपमा परिचालन गरी शान्ति सुरक्षालाई मजबूत बनाउने बताएकी थिइन । नेपाल प्रहरीले केहि बर्ष अगाडी मात्रै प्रहरी र नागरिक विचको सम्बन्ध निकट र सकरात्मक बनाउनको लागि मुस्कानसहितको प्रहरी सेवा भन्ने अभियाननै चलाएको थिए । मुस्कान सहितको प्रहरी सेवाका कारण नागरिक र प्रहरी विचको सम्बन्धमा सकारात्मक प्रभाव परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित