दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

फिल्म हलमा, पाउरोटी र आईसक्रिम फ्याक्ट्री, कामदार सबै महिला

२०७४, १८ फाल्गुन शुक्रबार ०३:५९

चिसाङ शेर्पा/फागुन १८, खोटाङ । खोटाङको एक फिल्महलमा बिगत ५ बर्षदेखी पाउरोटी र आईसक्रिम फ्याक्ट्री सञ्चालनमा रहेको छ । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा अवस्थित मुभिलेण्ड हाईभिजन हलमा फिल्म चल्न छोडेपछी हललाई पाउरोटी र आईसक्रिम फ्याक्ट्री उत्पादनमा प्रयोग गरिएको हो ।

२०६३ सालमा निर्माण सम्पन्नपछी डकुमेन्ट्री, विभिन्न च्यारीटो शो र नेपाली चलचित्र चलाउन थालिएको हलमा दर्शकको कमी, नेपाली चलचित्रको खस्कदो गुणस्तर, ईन्टरनेट, मोवाईल, डिस होमका कारण बन्द रहेको हलमा २०६९ सालबाट बाबा हलेसी बेकरी पाउरोटी उधोग र २०७२ सालदेखी पासा आईसक्रिम उधोग सञ्चालनमा आएको हो । 

रोजगारीको सिर्जना गर्दै पराई मुलुक बिदेश जानुभन्दा स्वदेशमै काम गर्नु उचित भएकाले ५ लाख लागनीमा पाउरोटी र २ लाख लगानीमा आईसक्रिम फ्याक्ट्री खोलिएको सञ्चालक सगुन ताम्राकारले बताए । नेपाल अधिराज्यभरमा बाबा हलेसी बेकरी पाउरोटी उधोग उत्कृष्टको सुचिमा परेको छ । उनले भने, ‘महिला उधमी राष्ट्रिय पुरस्कार सुचिमा हाम्रो उधोग परेको छ ।’  

दैनिक ११० केजी मैदाको विभिन्न पाउरोटी आईटम र दश लिटर आईसक्रिम बन्ने उधोगमा पाउरोटीका आईटममा डुनोट, बन, क्रिम बन, क्रिम डुनोट, क्रिमरोल, बथ्डे केक, ब्रेट, नमस्ते बिस्कुट, नरिवल बिस्कुट, बदम बिस्कुट, सानोठूलो चारपाटे बिस्कुट, जिब्रे बिस्कुट, रातो घेरे बिस्कुट, क्रिम बिस्कुट, जुली बिस्कुट, कदम बिस्कुट, पदम बिस्कुट, चक्रेबन, कोकिस, पानी केक, बटुके केक, खुकुरी बिस्कुट, खुर्मा बिस्कुट र बटारे बिस्कुट बन्ने गरेको छ । 

आईसक्रिम आईटममा भेनिला, स्ट्रबेरी, चकलेट, पाईनपल, लब २१ का साथमा बरफहरु बन्ने उधोगमा दशजना कामदार रहेका छन् । पाउरोटी निर्माणमा ६ जना महिला, दुईजना बजार प्रतिनिधि रहेका छन् । आईसक्रिममा भने २ जना मात्रै कामदार रहेका छन् । 

पाउरोटी र आईसक्रिम बनाउन आवाश्यक कच्चा पदार्थ बाहिरबाट आउने गरेको छ । मैदा, चिनी, तेल तराईबाट र अन्य रसायनिक पदार्थ काठमाण्डौबाट ल्याईने गरेको सञ्चालक ताम्राकारले जानकारी दिनुभयो । 

प्रत्येक बिहान १० बजेदेखी साँझ ५ बजेसम्म बनाईने पाउरोटी र आईसक्रिमका विभिन्न आईटमहरु प्रतिप्याकेट १५ रुपैयाँदेखी ३५ रुपैयाँसम्म पर्ने गरेको छ । पाउरोटी र आईसक्रिमका आईटमहरु दिक्तेल, मुढे, हुर्लुङ, नुनथला, बुईपा, मात्तिम, निर्मलीडाडाँमा बिक्री हुने गरेको छ । 


पाउरोटी बनाउदै महिला कामदार तस्विर: चिसाङ शेर्पा, सास, खोटाङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित