२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

१८ फाल्गुन २०७४, शुक्रबार ०७:०२

फागुन १८, राजविराज | राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ । 

राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । 

शुरुदेखि नै चेकजाँच गर्दै आएका डाक्टर दिलीप साहले नै अनितालाई अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए । तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको र अस्पतालले पनि सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको मृतकका पति रमेश यादवले आरोप लगाउनुभएको छ । 

आक्रोशित स्थानीयले अस्पताल घेराउ गर्दै डा दिलीप साहको क्लिनिकमा रहेको बोर्डमा आगो लगाएका छन् । लापर्बाही गर्ने डाक्टरलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले बिहीबार दिनभरि अस्पताल परिसरमा नाराबाजी गर्दै राजविराजको मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । 

डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भएको पनि यादवले आरोप लगाउनुभएको छ । 

मृतकका चार वर्षीय छोरा आकाश र दुई वर्षीया छोरी सरस्वती छन् । यता, अस्पतालमा भएको घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यिय छानबिन समिति गठन गरिएको छ । 

छानबिन समितिमा उपमेयर साधना झा, अस्पताल विकास समितिका अध्यक्ष डा चिरञ्जीवीलाल देव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत, राजनीतिक दलका प्रतिनिधि रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा