१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

को हुन शान्तिनारायण ?

१७ भाद्र २०७२, बिहीबार ०७:०५

भदौ १६, पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव तुल्याउँछ, पीडामा डुबेकाको मुहारमा हाँसो र हाँसेका लाई आशुमा पनि डुबाउन सक्छ ।

p

सवैलाई साहित्यमा रम्न मन लाग्छ तर पनि रम्न कठिन हुन्छ, एउटा व्यक्ति कलाकार, हास्यकार, राजनेता वा अन्य पात्र बन्न जति सजिलोसँग सक्छ त्यतिनै कठिन छ साहित्यमा रम्नको लागि अनि साहित्कार बन्नको लागि । साहित्य जगतमा लागेका हरेक साहित्यकारका लेख पाठकका रुचिका हुन्छ भन्न पनि सकिदैन अनि हरेक साहित्यकारका लेख सरल पनि तर साहित्यकार शान्तिनारायण श्रेष्ठ यस्ता एउटा सर्जक हुन जसले साहित्यलाई जुनसुकै कुनाबाट टपक्क टिपेर , समय र परिवेशलाई फुलबुटा भरेर सरल तरिकाले चोटिलो प्रहार गर्ने एक साहित्यक स्रष्टा हुन ।

समाजमा भएका घटनालाई साहित्यको सुत्रमा बाँधेर सरलभाषामा चोटिलो पाराले प्रहार गर्ने क्षमता शान्तिनारायण श्रेष्ठमा भएको उनका सहपाठी तथा पाठक बताउँछन् । उनमा जे छ त्यो अरु साहित्कारमा पाउन सकिदैन, उनी समाजमा भएका घटना वा परिवेश होस् वा काल्पनिकमानै किन नहोस यथार्थ परक रहेका हुन्छन् अनि पाठकको मन जित्न सफल हुन्छ । विहिबार शान्तिनारायण श्रेष्ठलाई पर्वतमा एक कार्यक्रमका विच सम्मान तथा अभिनन्दन गरिएको छ । लामो समयदेखि साहित्य क्षेत्रमा लागेका श्रेष्ठलाई नागरिक अभिनन्द गरिएको हो ।

साहित्य क्षेत्रमा सानो उमेर देखिनै लगाब राख्दै आएका श्रेष्ठले साहित्यमार्फत समाजमा भएका घटना तथा परिवेशलाई टपक्क साहित्यिक सुत्रमा बाँधेर सरल माध्यबाट तिखो प्रहार गर्ने उनको छुट्टै पहिचान भएको उनका पाठक बताउँछन् । साहित्य क्षेत्रमा ठूलो योगदान गरेको भन्दै विहिबार उनलाई नागरिक अभिनन्दन गरिएको हो । शान्तिनारायण निवासबाट भजनकृतन सहितको कार्यक्रम स्थलसम्म लगिएको थियो । राष्ट्रिय कवि शरुभक्त को प्रखुख आथित्यमा संचालन भएको कार्यक्रममा शान्तिनारयण श्रेष्ठको साहित्यक यात्रा र उनका कृतिकाथि छलफल गरिएको थियो ।

p2

वि. स १९९६ भाद्र १७ गतेका दिन पिता रुपनारायण श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको कोखबाट जन्मेका श्रेष्ठले आफ्नो साहित्य यात्रालाई २०१२ सालबाट शुरु गरे । सानो उमेरबाट नै साहित्यमा रुचि राखेका शान्तिनारायणले साहित्यलाई आफ्नो जिवनको पाटो बनाएर अगाडी बढी रहे । उनले २०२७ सालमा गुप्तेश्वर खण्डकाव्य प्रकाशन गरी आफ्नो साहित्य जीवनको अनुपम ढोका उघारे , त्यसपछि उनले २०५६मा झङ्कार गीत संग्रह, स्पन्दन गीत संग्रह, विसंगती मुक्तक संग्रह, २०५७मा बैसका सुसेलीहरु गीत संग्रह, बाडुल्की गीत संग्रह, २०६० सालमा अनुभूति गजल संग्रह, स्मृतिका लहरहरु शोककाव्य, २०६१ मा अबतरण हाइकू संग्रह, २०६२ सालमा अनावरण ताङ्का संग्रह, संस्मरण नियात्रा, २०६३मा अजम्मरी माया गजल संग्रह, २०६४ मा अन्तध्वनी चोका संग्रह, ६६ सालमा खाटा बस्न नसेकका घाउहरु मुक्तक संग्रह, २०६७ सालमा अपेक्षा लगाएतका दुई दर्जन भन्दा बढी पुस्तक तथा देश विदेशमा रहेका पत्रपत्रिकामा समेत आफ्ना फुटकर लेख, रचनाहरु प्रकाशन गरिसेका छन् ।

साहित्यमा लागेका शान्तिनारायणले लोकदोहोरीमा पनि आफ्ना ऐतिहास रचेका छन् । उनले आजै छ लगन र हिलेपानी गाउँमा खोलापारी पुग्यो माझीदाई लगाएतका गीतमा शब्द रचना गरेका छन् भने गुप्तेश्वर धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफाको बृतचित्रमा लेखन तथा निर्देशन समेत गरेका छन् । साहित्य क्षेत्रमा मात्रै नभई उनले पत्रकारिता क्षेत्रमा पनि हात हालेका पाइन्छ । २०१८ मा आँकुरो हस्तलिखित पत्रिकाको सम्पादक, २०२१ मा पर्वत मासिक बुलेटिन (पञ्चायत विकास केन्द्र), २०२२ मा पर्वतमाला त्रैमासिक पत्रिकाको सम्पादन तथा २०५४ मा सगुन साहित्यिक पत्रिकाको सम्पादन समेत गरेका श्रेष्ठ समाजिक कार्य तथा संघसंस्थामा पनि लागेको पाइन्छ ।

नेपाल रेडक्रस सोसाइटी पर्वत, रत्न श्रेष्ठ पुरुस्कार गुठी, गुप्तेश्वर बहुउद्देश्ययी पुस्तकलाय लगाएतका दुइ दर्जन संघसस्थामा अध्यक्ष तथा आजिवन सदस्य भएर लागेका श्रेष्ठले जानपद सेवा पदक २०२३, रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरुस्कार २०६१ लगाएतका दुई दर्जन भन्दा बढी पुरुस्कार तथा सम्मान पाई सकेका छन् । लामो समय देखि साहित्य क्षेत्रमा लागेका शान्तिनारायणले भारत, थाइल्याण्ड, जापान लगाएतका नेपालका अधिकांश जिल्लाको भ्रमण समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै