२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

गाउँमै अपांगता परिचयपत्र वितरण

२०७४, १९ फाल्गुन शनिबार ०३:४१

फागुन १९, त्रिशूली (नुवाकोट) (रासस) | महिला तथा बालबालिका कार्यालयले गाउँगाउँमा गएर अपांगता परिचयपत्र वितरण गर्न थालेको छ । 

कार्यालयले शिवपुरी गाउँपालिकाको सहकार्यमा शिवपुरी – ८, शेराबगरमा अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाको कार्यालयमा शुक्रबकार आयोजित शिविरमा १०४ जनालाई परिचय वितरण गरिएको महिला विकास अधिकृत भुला भण्डारीले जानकारी दिनुभयो । 

परिचय वितरणका लागि चिकित्सक सहितको टोली गाउँपालिकामा पुगेको थियो । शिविरमा १९ जनालाई रातो , ३७ जनालाई नीलो , २६ जनालाई पहेंलो र र २२ जनालाई सेतो परिचयपत्र उपलब्ध गराइएको थियो । परिचयपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अपांगतायुक्त व्यक्तिलाई सदरमुकामसम्म लैजान समस्या हुने भएकाले गाउँपालिकामा नै शिविर सञ्चालन गरिएको बताउनुभयो । 

गाउँपालिकाका प्रत्येक वडाबाट गाउँपालिकाको कार्यालयसम्म उनीहरुलाई ल्याउनका लागि स्थानीय संघसस्ंथाले सवारीसाधनको व्यवस्था गरेका थिए । यसअघि कार्यालयले दुप्चेश्वर गाउँपालिकामा पनि अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरेको थियो । रातो परिचयपत्र प्राप्त गर्ने पूर्ण अपांगता भएकाहरुले सामाजिक सुरक्षा भत्तासमेत पाउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी