आन्तरिक मामिला तथा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आन्तरिक मामिला तथा का"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ

२०७४, १९ फाल्गुन शनिबार ०९:४६

फागुन १९, सुर्खेत | कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ । 


आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । 

सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको विकास र प्रगति नहुने बताउनुभयो । 

उहाँले यो प्रदेशले आफ्नो समृद्धिका लागि सुरक्षा अभियान अघि बढाएको छ, नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नुभयो । उहाँले हरेकलाई आफैभित्रबाट साेंच, बानी र संस्कार बदल्न आग्रह गर्नुभयो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको लागि शान्ति सुरक्षा कायम गरेर कर्णाली प्रदेशलाई देशको नमूना प्रदेश बनाउने बताउनुभयो । 

कर्णाली प्रदेशका ग्रामीण भेकमा रहेका ज्येष्ठ नागरिक, असक्त, असाहय र पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि घरमै पुगेर शान्ति सुरक्षाको सेवा दिने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो । उहाँकाअनुसार डिजिटल प्रदेश निर्माणका लागि प्रविधिसँग सुरक्षालाई जोडेर आजबाट यो प्रदेशका २१५ वटै प्रहरी इकाइमा एकैपटक “सडक सुरक्षा कार्यक्रम” शुभारम्भ गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते