2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पताल फेरी तनावग्रस्त

भास्कर के.सी | फागुन १९, कञ्चनपुर | महाकाली अञ्चल अस्पताल फेरी तनाव ग्रस्त भएको छ । भि.न.पा.११ भुजेला बस्ने वर्ष ४६ कलावती सार्कीको शनिबार विहान ५ बजे उपचारको क्रममा मृत्यु भए पछि उनका आफन्तले दोषीलाई कारवाही  हुनुपर्ने र पिडितले क्षतिपुर्ती पाउनु पर्ने भन्दै अस्पतालको इमेरजेन्सी रुम बाट लाश नउठाउदा अस्पतालका कर्मचारीले काम कारवाही ठप्प पारेका छन् भने आफनो माग पुरा नहुन्जेल सम्म लाश नउठाउने भन्दै मृत्यकका आफन्तले अस्पताल परिषरमा धर्ना ठोकेका छन् ।

फाल्गुन १३ गते आइतबार कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा पाठेघरको अप्रेशन भएको थियो । अप्रेशन गरेको तिन दिन सम्म अस्पतालमा भर्ना भए पछि अब सन्चो भयो घर लैजान भनेर अस्पतालका कर्मचारीले विरामीका आफन्तलाई भनेका थिए तर विरामीका आफन्तहरुले अझै केही दिन राख्नु पर्ने विरामी स्वयं आफैले पनि आफुलाई अझै सन्चो नभएको र केही दिन अस्पतालमै बस्न चाहेको बताएकी थिइन । मंगलबार अस्पाताल बाट घर लगेपछि शुक्रबार राति अचानक ज्यादा भएपछि राति ११ बजे आफुहरुले अस्पताल पुर्याएको बताए । 

होली भएको हुदाँ छुट्टीको बेला हुदैन भनेर अस्पतालका कर्मचारीले भनेको उनका आफन्तले बताए जब राती विरामीको अवस्था नाजुक हुदै गयो तब रगतको आवश्यकता पर्ने भन्दै रगत मगाए पछि विहान रगत चढाएको थियो विरामीका आफन्तहरुले पटक पटक अप्रेशन गर्ने डाक्टरलाई बोलाउन आग्रह गर्दा पनि राति डुयुटीमा बसेका कर्मचारीले आफनो कुरा नसुनेको मृत्यकका आफन्तले बताए ।

डाक्टरले हेरेको भए पनि कमसेकम चित्त बुझाउने बाटो हुने थियो समयमै यहाँ हुदैन भनेको भए उपचारको लागि अर्को स्थानमा लगेर उपचार गर्ने थिए मृत्यकका देवर बलराम सार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ