२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय तहलाई बालमैत्री बनाउन १५ बुँदे प्रतिबद्धता

२०७४, १९ फाल्गुन शनिबार १५:०४

फागुन १९, कालिकोट । बालबालिकामा लगानी वृद्धि गर्दै गाउँ टोललाई बालमैत्री बनाउन स्थानीय जनप्रतिनिधिले १५ बुंदे प्रतिबद्धता जारी गरेका छन् । जिल्ला समन्वय समितिद्वारा मान्ममा आयोजित ‘बालमैत्री स्थानीय सरकार, बालअधिकारको सम्मान’ मूल नारासहित वडाध्यक्षहरूको भेलाले कालिकोटका अधिकांश बालबालिका विभिन्न जोखिममा रहेको ठहर गर्दै जोखिम कम गर्न बालबालिकामा लगानी वृद्धि गरी बालमैत्री गाउँ बनाउन १५ बुँदे प्रतिबद्धता गरेका हुन् ।

तिलागुफा नगरपालिका, नरहरिनाथ, सान्नी त्रिवेणी र महाबै गाउँपालिकाबाट आएका वडाध्यक्षहरूले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि वडापालिका प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हन् । ‘बालबालिकामा लगानी नगरी सभ्य र सुसंस्कृत समाजको कल्पना गर्न सकिँदैन,’ नरहरिनाथ गाउँपालिकाबाट आएका ५ का वडाध्यक्ष गगनबहादुर फडेराले भने ‘स्थानीय सरकार बालमैत्री बन्न सके समाजको विकास आफैं हुन्छ ।’ उनले बालमैत्री गाउँ बनाउन अभिभावकलाई पनि जिम्मेवार बनाउँदै सरकारका तर्फबाट दिइने खोप, शिक्षा, संरक्षण, बाल न्यायसहित अर्थपूर्ण सहभागितामा जोड दिइने बताए ।


मंसिर १८ गते संघीय चुनावपछि नेपालकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल तिलागुफा २ र ४ का राँचुली र रतडाका वडाध्यक्षहरूले बालमैत्री भौतिक संरचना निर्माणको थालनी गरिएको बताए । ‘गाउँ बालमैत्री घोषणा भएपछि बालबालिकाको आत्मसम्मान बढेको छ,’ वडा नं. ४ का अध्यक्ष खड्गराज शाहीले भने, ‘बालमैत्री गाउँको जनप्रतिनिधि भनेर चिनिन पाउँदा मलाई पनि गर्व छ ।’ बालविवाह, कुपोषण, बाल गरिबी, बालश्रम लगायतका समस्या रहेको कालिकोटमा बालकेन्द्रित योजना निर्माण गरी बालमैत्री गाउँ बनाउन जोड दिइएको थियो ।

जनप्रतिनिधिहरूले बालबालिकामाथि हुने हिंसा, शोषण, भेदभाव र बेवास्ता हटाउन स्थानीय नीति बनाएर लागू गर्ने, वडापालिकाका पदाधिकारी, कर्मचारी र स्वयंसेवकका लागि आचारसंहिता निर्माण गरी लागू गर्ने, बालबालिकामाथि हुने कुनै पनि दुव्र्यवहारमा संलग्न नहुने, बालबालिकामाथि भएका अपराधलाई मिलापत्र नगरी कानुनी दायरामा ल्याउन पहल गर्ने, वडाका सबै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रतिबद्धता गरेका छन् ।

त्यस्तै, पारा सामाजिक कार्यकर्तामार्फत जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी वडा बालसंरक्षण समितिमार्फत सहयोग गर्ने, वडामा विनियोजित बजेट बालकेन्द्रित योजना र कार्यक्रम बालविवाह न्यूनीकरण, पूर्ण खोप, पोषण, शिक्षामा पहुँच, स्वास्थ्य शिविर, क्षमता विकास र बालमैत्री भौतिक संरचनामा खर्च गर्ने वाचा पनि गरेका छन् ।

बालबालिकालाई योजना निर्माण प्रक्रियामा सहभागी गराउन बालभेला गर्ने, अपांगता भएका सबै बालबालिकालाई परिचय पत्र वितरण गरी आवश्यक सहयोग गर्ने, आमाबाबु नभएका, आफैं घरमुली भएका, शोषण र दुव्र्यवहारमा परेका बालबालिकाको संरक्षणका लागि बाल हितकोषको स्थापना गरी सहयोग गर्ने, विद्यालय तथा समुदायलाई विपद्मुुक्त क्षेत्र बनाउन पूर्वतयारीका योजना बनाएर लागू गर्ने प्रतिबद्धता पनि जनप्रतिनिधिले गरेका छन् ।

कालिकोटमा अझै पनि ४२ प्रतिशत बालविवाह छ । कुपोषित बालबालिकाको संख्या पनि एक हजार बढी छ । धेरैजसो बालबालिका विद्यालय भर्ना भए पनि नियमित छैनन् । छोराछोरी बीचको विभेद चर्को छ । बालबालिकाका सवालमा जनप्रतिनिधिहरूले सामूहिक प्रतिबद्धताजनाएर आफ्नो गाउँमा लागू गर्ने वाचा गर्नु महत्त्वपूर्ण भएको बालअधिकारकर्मी बाले विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला