२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा सडक सुरक्षा कार्यक्रम लागू – ‘पसिना बगाउने मान्छेको राज्यले सम्मान गर्नेछ’

१९ फाल्गुन २०७४, शनिबार १५:११

फागुन १९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारका फुटपाथ खाली गर्न नगरपालिकालाई निर्देशन दिएका छन् । प्रदेशको राजधानी सुर्खेतमा समृद्धिका लागि सुरक्षा अभियानअन्तर्गत सडक सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुरक्षाका लागि फुटपाथ तत्काल खाली गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले सफा र सुन्दर शहर बनाउनका लागि मुख्य बजार क्षेत्रमा बिरुवा रोप्न पनि निर्देशन दिएकाछन्। वेरोजगारी भएर त्यत्तिकै बस्नु भन्दा कुनै न कुनै काम गर्न सबैमा आग्रह गर्दै मुख्यमन्त्री शाहीले श्रम गरेर पसिना बगाउने मान्छेको राज्यले सम्मान गर्ने बताए । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको समृद्धिका लागि सुरक्षा अभियान कार्यक्रमअन्तर्गत सडक सुरक्षा कार्यक्रम कर्णाली प्रदेशभरि लागू गरिएको छ।

कर्णाली प्रदेशको सडक आवागमन सरल, सुगम र नियमित बनाउने, सवारी दुर्घटनाका मुख्य कारणलाई न्यूनिकरण गर्ने र सवारी चालकलाई ट्राफिक नियम पालना गराउने सडक सुरक्षा कार्यक्रमको उद्देश्य रहेको छ। त्यसैगरी सडक प्रयोगकर्तामा सुरक्षित व्यवहार अपनाउने बानी बसाल्ने उद्देश्य पनि राखिएको छ। सडक सुरक्षा कार्यक्रममा सडक सुरक्षा सम्वन्धी जनचेतना र शिक्षामूलक गतिविधि पनि गरिने छ ।


उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले समृद्धिका लागि सुरक्षा नीति लागू गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री भण्डारीले सडक दुर्घटनाबाट कर्णालीमा धेरैले ज्यान गुमाइरहेको अवस्थामा सडक सुरक्षा कार्यक्रम ल्याइएको बताए। रातीको समयमा ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई ट्राफिक जाकेट पनि वितरण गरिएको छ। कर्णाली प्रदेशमा अधिकांस मानिसहरुको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले जानकारी दिए।

यस कार्यक्रमअन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्डलगायतमा हाई–वे प्रहरी गस्ती गरिने उनले बताए । यस्तै चालक, नागरिक तथा सडक प्रयोगकर्ताहरुका लागि सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा उपसभामुख पुष्पा घर्ती, प्रदेश सरकारका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु, प्रदेशसभाका सांसदहरु, राजनीतिक दलका प्रमुखहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख उपप्रमुखलगायतको सहभागिता रहेको थियो ।

कर्णालीका २ वटा जिल्ला अझै सडक सञ्जालसँग जोडिन सकेका छैनन् । भएका सडक कालो पत्रे भएका छैनन् भने सडकहरू पनि साँघुरा र जीर्ण अवस्थामा रहेका छन्। जसका कारण अहिले कर्णाली राजमार्गमा रातीको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ। कर्णालीमा सडक दुर्घटनाबाट ११ प्रतिशत यात्रुको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य