२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिक्षामा २० प्रतिशत लगानी र प्राविधिक शिक्षा ७० प्रतिशत गर्न माग

२०७४, २० फाल्गुन आईतवार ०८:५२

फागुन २०, धुलिखेल | नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले युवराज लामाका अध्यक्षतामा ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

शनिबार बनेपामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा विजय लामा र निरेश लामा, सचिवमा विनोद चौलागाईं, सहसचिवमा अमृत अधिकारी र रचना तिमल्सिना तथा कोषाध्यक्षमा दिर्जा वाइबालाई चयन गरेको छ । 

सदस्यमा विकास लामा, वसन्त तामाङ, विजयकुमार तामाङ, दीपक विश्वकर्मा, सुन्दर सुनाम, विश्वनाथ अधिकारी, बुद्ध लामा, गोविन्द तिमल्सिना, विमल तामाङ, सन्दीप ढकाल, सिर्जना दोङ, नवीना काफ्ले, अनिता ढुंगेल, ईश्वरी चौलागाईं, मुना पौडेल, सुजा श्रेष्ठ, सुष्मिता ढुंगाना, सुनीता श्रेष्ठ, अनिशा श्रेष्ठ, पवन घिमिरे, पृथ्वीराज तामाङ, वीना भुजेल, मिलन पाख्रिन, मिसन स्याङ्तान, स्मृति रेग्मी र तेजबहादुर मिजार रहनुभएको छ । 

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङले वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएअनुसार शिक्षामा २० प्रतिशत लगानी गर्न र शिक्षामा ७० प्रतिशत प्राविधिक शिक्षाको व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो ।“विद्यार्थी र अभिभावकलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था अविलम्ब गर्न हामीले प्रधानमन्त्रीलाई भनेका छौँ”, तामाङले भन्नुभयो, “ सात वटै प्रदेशमा एक एक वटा मेडिकल कलेज स्थापना गर्न पनि हामीले अनुरोध गरेका छौँ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते