२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

तरकारी र फलफूलका थोक बजार थपिँदै

२० फाल्गुन २०७४, आईतवार ११:०४

फागुन २०, ललितपुर | काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शहरमा तरकारी तथा फलफूलका ठूला थोक बजार खुल्न थालेका छन् । 

थोक बजार निजी क्षेत्रले समेत शुरु गरिरहेको कृषि विभागअन्तर्गतको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो । 

यसअघि सरकारको प्रत्यक्ष लगानीमा यस्ता थोक बजार सञ्चालनमा थिए । अहिले निजी क्षेत्रले समेत थोक बजार शुरु गरिरहेका छन् । ठूला थोक बजार किसान र उपभोक्ता दुवैका लागि फाइदाजनक हुने उहाँको भनाइ छ । वाग्लेले भन्नुभयो, “एकातिर किसानले उत्पादनको राम्रो मूल्य पाउँछन् भने अर्कातिर उपभोक्ताले पनि ताजा र कम मूल्यमा तरकारी र फलफूल किन्न पाउँछन् ।” 

देशका विभिन्न शहरमा सरकारको सहयोगमा २७ वटा थोक बजार सञ्चालनमा छन् । यीमात्रै पर्याप्त नभएपछि निजी क्षेत्रले पनि थोक बजार सञ्चालन गर्न थालेका हुन् । काठमाडौँ उपत्यकाको मनोहरामा केही समय पहिलेबाट निजी क्षेत्रले थोक बजार शुरु गरेको छ । उपत्यका बाहिर पनि यस्ता बजार धेरै छन् । 

उहाँ भन्नुहुन्छ, “शहरी क्षेत्रमा जनसंख्या बढ्दै छ, त्यहाँ ठूला थोक बजारको खाँचो छ ।” साना खुद्रा बजार जिल्ला कृषि विकास कार्यालयमा र अरु विभागमा दर्ता भएर सञ्चालनमा छन् । कालीमाटी तरकारी तथा फलफूल बजारको भने नियमन मन्त्रालय आफैँले गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य