2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा एक महिने निशुल्क अल्लो धागो प्रसोधन तथा कटाई तालिम जारी

मनिषा राई/फाल्गुन २०, रोल्पा | घरेलु तथा साना उधोग बिकास समिति रोल्पाको आयोजना र घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडी गाउपालिकाको सहयोगमा सन्चालित एक महिने अल्लो धागो प्रसोधन तथा कटाई तालिमको आज छैटौ दिन पनि तालिम जारी छ ।

करिव २ लाख वरावरको आर्थिक सहयोगमा सन्चालित तामिमा बिशेष गरी एकल महिला त्यसमाथि पनि व्यवसायी गर्न चाहनेहरुको लागि लक्षित गरी प्रत्येक वडापालिकाबाट २ जना गरी १० जनाको सहभागिता रहेको तालिममा अल्लो धागो प्रशोधन तथा कटाई संगै बुनाई पनि निरन्तरता दिइएको घरेलु तथा साना उधोग बिकास समिति शाखा कार्यलय माडीगाउपालिक २ का प्रमुख प्रशिक्षक हरिसरा घर्तीमगरले बताउनुभयो ।

उहाका अनुसार निशुल्क रुपमा प्रदान गरीएको तालिममा १ महिनाभित्र सहभागिहरुलाई कटाई संगै स्थानिय उत्पादनमा तयार पारिने कोट, झोला लगायतको सामाग्रीहरु बुनाई सम्बन्धि तालिम समेत दिइनेछ । उहाले प्रत्येक वडा वडामा उधोग स्थापना गरी दुरुपयोग भएका अल्लोलाई सदुपयोग गर्ने उदेश्यले तालिमको सन्चालन गरीएको जानकारी दिनुभयो । साथै उहाले सहभागिहरुको लगनशिलताको आधारमा सिकेको सिपलाई खेर जान नदिनेमा आशाबादी रहेको बताउनुभयो ।

त्यसैगरी तालिममा सहभागि मध्ये माडी गाउपालिका ३ तालावाङ निवासी दिलमाया घर्तीमगरले यस्ता खालका तालिमहरुको निरन्तरता हुनुपर्ने बताउनुभयो । करिव ५ बर्ष पहिले श्रीमान गुमाउनुभएकी दिलमायाले यस भन्दा अगाडि धेरै पैसा खर्च गरेर सिलाई कटाई तालिम लिनुभएको थियो । सिलाई कटाई तालिम पश्चात आफनो सिपलाई व्यवसायकै रुपमा अगाडि बढाइरहनुभएकी दिलमायाले अहिले किराना पसललाई पनि संगसंगै अगाडि बढाउनुभएको छ । आफनो व्यवसायाट नै ७ बर्षिय छोरीको पालनपोषण गर्नुभएकी दिलमाया भन्नुहुन्छ “आफुमा सिप भएपछि जस्तोसुकै परिस्थिति संग पनि जुध्न सकिन्छ । मैले सिलाई कटाई बाट नै छोरीलाई पढाएको छु र म आफनो व्यवसायबाट एकदम सन्तुष्ट पनि छु ।”

घरायसी काम भनेको सबै बुहारीको ठेक्का नै हो भन्ने समाजमा घरपरिवारबाट तालिम सिक्नुहुदैन भन्दा भन्दै पनि एकोहोरो जिद्धिले सिकेको सिपले आज आफुलाई छोरीको पालन पोषणमा सहज भएको उहाले बताउनुभयो । उहा भन्नुहुन्छ “सिलाई कटाई सिप नसिकेको भए सायद आज मेरो कुन हालत हुन्थ्यो होला । जुनसुकै काम पनि गरेपछि असम्भव भन्ने केही छैन ।” धेरै नपढेपनि सिप सिकेर पछिका दिनहरुमा आफु जस्तै एकल महिलाहरुलाई तालिम दिन सकियोस भन्ने उदेश्यले नै तालिममा सहभागिता जनाएको दिलमायाले बताउनुभयो । साथै उहाले निशुल्क रुपमा सन्चालित तालिमले आफुहरुलाई आर्थिक रुपमा पनि फाइदा पुगेको बताउदै उहाले आयोजकलाई समेत धन्यबाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ