२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ: हत्या आरोपमा तीन पक्राउ

२१ फाल्गुन २०७४, सोमबार १०:०७

फागुन २१, विराटनगर | उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । 

सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो । 

हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुई वटा गाडीसहित नियन्त्रणमा लिइएको छ । 

महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको बा१२च ५९६३ नंको सेतो रङको स्कारपियो गाडी र सोही गाडीको पछाडि रहेको मे१च ५३९५ नं टाटा जेनोनलाई रोकी जाँच गर्दा स्कारपियो गाडीमा मृतक शाक्यको शव भेटिएको थियो । उक्त शवसँगै करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीसमेत फेला पारेको थियो । 

पक्राउ परेका व्यक्तिहरुले आर्थिक लेनदेन तथा एक महिना अगाडि काठमाडौँबाट हराएको वा लुटिएको ३३ किलो ५०० ग्राम सुनको विषयलाई लिएर शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर मारेको वयान दिएको प्रहरी उपरीक्षक विसीले जानकारी गराउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने