2026-07-24 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढे, यस्तो छ कारण

फागुन २२, दाङ (रासस) | राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । 

पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको अस्पतालले जनाएको छ । 

दैनिक २०० देखि २५० सम्म बिरामी यसअघि अस्पतालमा आउने गरेकोमा हिजोआज भने ३५० देखि ४०० सम्म आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिनुभएको छ । 

आइतबार मात्र करिब ४०० भन्दा बढी आँखाका बिरामीले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । सोमबार पनि अस्पतालमा बिहानैदेखि भिडभाड रहेको बताइएको छ । मौसम परिवर्तनसँगै आँखा सुक्खा हुने र हावाहुरीका कारण आँखामा धुलो परी एलर्जी हुने भएका कारण आँखामा विभिन्न समस्या देखापर्ने गरेको अस्पतालले जनाएको छ । 

त्यसैगरी, कुनै भाइरलको प्रकोप नभएता पनि मौसम परिवर्तनसँगै आँखाका बिरामी बढेका छन् । “पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको छ, ओपिडीमा दैनिक ३५० देखि ४०० सम्म बिरामीको आँखा चेकजाँच गर्ने गरेका छौँ” गौतमले भन्नुभयो । साथै, अस्पतालमा हाल नेत्र सहायक र नेत्ररोग विशेषज्ञलाई बिरामी हेर्न भ्याइनभ्याइ हुने गरेको उहाँले बताउनुभयो । 

अस्पतालले आँखामा समस्या देखिनासाथ अस्पतालमा आउन बिरामीलाई आग्रह गरेको छ । आँखा जस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्बाही नगर्न अस्पतालले सबैलाई आग्रह गरेको छ । “आँखाको समस्या देखिनासाथ अस्पतालमा आउन आँखाका बिरामीलाई आग्रह गर्दछौँ,” नेत्र अधिकृत गौतमले भन्नुभयो । 

साथै, अस्पतालले दैनिक चार/पाँच पटक चिसोपानीले आँखा सफा गर्ने र धुलो तथा धुवाँबाट बचे आँखा चिलाउने र बिजाउने रोगबाट केही हदसम्म बच्न सकिने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक