डोल्पाको दुनैम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डोल्पाको दुनैम"/>

2026-09-03 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको दुनैमा जारी रहेको ओन्दोलनले ५ दिनदेखि पठनपाठन प्रभावित

टेकबहादुर शाही/फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनैका पांचवटा बिद्यालय ५ दिन देखि बन्द हुदा बालवालिकाहरु शिक्षा लिनबाट बञ्चिीत रहेका छन ।

डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसाता देखि सदरमुकाम दुनैमा ओन्दोलन जारी रहेको छ ।

बन्द र आन्दोलनको कारण बिद्यार्थिले बिद्यालय गएर पढ्न पाएका छैनन । सानावालवालिकाको भबिष्य नै अन्धाकारमा पारेको भन्दै बिद्यालय खोल्न अभिभाबकले बन्दकर्ताहरुसंग आग्रह गरेका छन ।  

केन्द्र सारिएको बिषयमा आन्दोलन हुनु र आन्दोलनका मागहरु जायज होलान तर शिक्षा जस्तो स्वतन्त्र निकाय नै बन्द गर्नु अन्याय भएको जिल्ला शिक्षा कार्यालय डोल्पाको भनाइ रहेको छ । दैनिक बन्द र आन्दोलन भएको कारण साबिकको दुनै गाविसका ५ वटा पूरै बन्द रहेको शिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले जानकारि दिए । उनका अनुसार निरन्तर आन्दोलनकारीहरु संग छलफल गरेको भए पनि बिद्यालय खुलाउन सकेका छैनौ निरन्तर प्रयासमा छौ ।

पांच दिन देखि बन्द रहेका बिद्यालयहरुका सयौ बालवालिकाहरु शिक्षा लिनबाट बञ्चित रहेका छन । ध्रुवतार आधारभुत बिद्यालय,बाल मन्दीर आधारभुत बिद्यालय,मुकुटेश्वर अपाङ्ग स्रोत बिद्यालय,सरस्वती माध्यामिक बिद्यालयका साथै दुनै बोर्डिङ्ग स्कुल र लर्डबुद्ध बोर्डिङ्ग स्कुलका सयौ बालवालिकाहरु पांच दिन देखि बिद्यालयमा अध्यनअध्यापन गर्न नपाएकोे जिल्ला शिक्षा अधिकारी काफ्लेले जानकारि दिए । 

 बन्द गर्नु र आन्दोलन गर्नु जायज होला तर शिक्ष जस्तो पवित्र क्षेत्रमा साना वालवालिकाको भबिष्य अन्धकार तिर लैजानु राम्रो नभएकोले शिक्षण सस्था खोल्न अनुरोध गरेको दुनै बोर्डिङ्ग स्कुलका प्रिन्सीपल लोकेन्द्र जैसिले बताए । उनले भने अभिभाबकले दैनिक फोन गरेर हैरान बनाउछन तर आन्दोलनकर्ताको बन्दका कारण बिद्यालय खोल्न सकेका छैनौ । 

पढाइ हुने समयमा बिद्यालय हप्तौ सम्म बिद्यालय बन्द हुदा पढाइमा समस्या भएको सरस्वती माध्यामिक बिद्यालयका शिक्षक हरिहर खनालले बताए । उनका अनुसार बैशाख र जेष्ठमा यार्सागुम्बा सिजन हुने भएर पढाइ नहुने र दशै तिहारको बिचमा पढाइ नहुने हुदा यो नै पढाइ हुन सयम भएको बताए । उनले भने यति बेला पढाइ भएन भने कुनै पनि कक्षाको कोर्ष सकिदैन बिद्यालय खोली दिनु पर्यो । 

आन्दोलनकारीहरुले ठुलीभेरि नगरपालिकाको केन्द्र जुफालबाट दुनै नसारे सम्म आन्दोलन र बन्द गरिने भएको हुदा बिद्यालयहरु अनिश्चितकालिन बन्द गर्न बिद्यालयहरुलाइ पत्राचार गरेका छन । नगरपालिका भित्रका सबै बिद्यालयहरु खुले पनि सदरमुकामकै पाचवटा बिद्यालय खुलाउन नसक्नु शिक्षा कार्यालय र प्रशासन माथि प्रश्न उठ्न थालेको छ । 

मंगलबार आन्दोलनकारी संग वार्ता गर्ने र एक निष्कर्षमा पुगेरै छोड्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिएका छन । उनका अनुसार शिक्षा जस्तो कुराबाट बालवालिकालाइ बञ्चित हुन नदिने र बुधबारबाट बिद्यालय खुल्ने बताए । उनले भने मागहरु जायज होलान केहि पिडा होलान तर हप्तौ सम्म यसिरी जनजिवन प्रभाबित हुदा टुलुटुलु प्रशासन हेर्न सक्दैन । 

बुधबार पनि बिद्यालयहरु नखुले अभिभाबकले आन्दोलन गर्ने बताउछन । साना वालवालिकाको अधिकारको हनन भएको छ पढ्न पाउनु पर्छ । आन्दोलनका स्वरुप परिर्वतन गर्नु पर्ने तर बिद्यालय र बजार खोल्नु पर्ने होटेल ब्यावसायिहरुको माग छ । तर यता आन्दोलनकारीहरुले भने एक निर्षकश नाउन्जेल सम्म बन्द र आन्दोलन जारी रहने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही