मुगुमा राहात शिक्षक संर्घषमा

Posted on: 06 Mar, 2018

मुगु २२ फागुन । मुगुमा सञ्चालित सरकारी विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षकले विभिन्न माग राख्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । लामो समयदेखि राहत दरबन्दिमा कार्यरत रहे पनि सरकारले विभिन्न सेवा सुविधाबाट बञ्चित गराएकाले राहत दरबन्दिका शिक्षक अन्यायमा परेको भन्दै संघर्षमा उत्रनु परेको उनीहरुले बताएका हुन् ।

अन्य शिक्षक सरह विद्यालयमा खटिए पनि पारिश्रमिक न्युन भएको, आन्तरिक शिक्षक सरह दुर्गम भत्ता उपलब्ध नगराएको, योग्यता पुगेका राहत शिक्षक कार्यरत विद्यालयमा प्राधानाध्यापक हुन पाउने व्यवस्था नभएको, पोशाक खर्च व्यवस्था नभएको  तथा पायक पर्ने स्थानमा सरुवा गर्न नमिल्ने जस्ता विभेदकारी कार्य सरकारले गर्दै आएकाले आफुहरु संघर्षमा उत्रनु परेको राहत शिक्षक संघ्रर्ष समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!