२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

‘राज्यको लापरवाहिका कारण पुननिर्माणमा नागरिकले विभिन्न समस्या झेल्नु पर्यो’

२३ फाल्गुन २०७४, बुधबार ०३:३५


फाल्गुण २३¸ रामेछाप ।

रामेछापको मन्थलीमा भूकम्पपछि पुननिर्माणको अवस्था, भूमि ,मत्स्यक्षेत्र तथा वनजङ्गलको
भोगाधिकार सम्बन्धी उत्तरदायी शासन व्यवस्था र सरोकारवालाहरुको भूमिका विषयक
कार्यशाला गोष्ठी मंगलबारवाट सुरु भएको छ ।
 २ दिनसम्म चल्ने गोष्ठिमा रामेछाप , दोलखा , सिन्धुली र ओखलढुंगाका विभिन्न
नगरपालिका
, गाउँपालिकाका
जनप्रतिनिधि
, राष्ट्रिय
पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख
,
विभिन्न गैरसरकारी संघ संस्सथाका प्रमुख एवं
प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको छ । फियान नेपालका कार्यकारी निर्देशक
अशोक बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का सांसद
शान्ति प्रसाद पौडेलले खेतीयोग्य जमिनमा घर बनाउने कार्यलाई रोक्नुपर्ने बताए ।
 

खेतीयोग्य जमीन अनुत्पादक क्षेत्रमा प्रयोग बढ्दै
गएकाले यसका बारेमा स्थानीय तहले बेलैमा बिचार गर्नुपर्ने उनको भनाई छ । उनले
पुननिर्माणका सवालमा राज्यको लापरवाहिका कारण नागरिकले विभिन्न समस्या झेलिरहेको
बताए । पुननिर्माणका सवालमा राज्यले प्रवाहा गर्ने सेवा जनताको आवश्यकता सुहाउदो
नहुदा समस्या भएको सांसद पौडेलको भनाई छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख
प्रेम बहादुर खड्काले सवै स्थानीय तहलाई विकासको काम गर्दा दिगोपनालाई ध्यान दिन
आग्रह गरे । उनले मुलुकलार्य कृषि वाट नै आत्मनिर्भर बनाउन सकिने भन्दै यसमा सबैले
दिगो योजना बनाएर काम गर्नुपर्ने बताए ।


सवै स्थानीय तहले बाताबरण सन्तुलनमा असर पार्ने
खालका गतिविधि हुन दिन नहुने उनको भनाई छ । कार्यक्रममा दोलखाको मेलुङ
गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले मुलुकको दिगो विकासका लागि सवैले
सकरात्मक सोचका साथ काम गर्ने पर्ने बताए । उनले स्थानीय सरकारको काम कारवाहीलाई
कडा निगरानीका साथ सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । रामेछापका प्रमुख
जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले राजनिति र प्रशासन एउटै सिक्काको दुईपाटो
भएकाले यी दुईबिच समन्वय प्रगाड हुनुपर्ने बताए । मुलुकको दिगो विकासका लागि
विगतको कमिकमजोरीलाई सच्याएर सवै एक भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रमको विश्व खाद्य तथा कृषि संगठनको आर्थिक
सहयोग
, राष्ट्रिय
पुननिर्माण प्राधिकरणको सहकार्य र सृजनशिल युवा समाज चिसापानी संगको समन्वयमा
फियान नेपालले आयोजना गरेको हो ।  गोष्ठी
बुधबार सम्म संचालन हुने सृजनशिल युवा समाज चिसापानीका अध्यक्ष भुवन कुमार
श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता