२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको बौद्धिक अपांगता भएका विद्यार्थी पढ्ने विद्यालय आर्थिक संकटमा

२४ फाल्गुन २०७४, बिहीबार ०९:१३

फागुन २४, नुवाकोट | बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययन गर्दै आएको जिल्लाको एक मात्र विद्यालय आर्थिक समस्यामा परेको छ । विदुर नगरपालिका–५ मा माझीटारमा रहेको बौद्धिक अपांगता प्रारम्भिक विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत भए पनि सरकारीस्तरबाट एकजना सहयोगी शिक्षक (आया) मात्र उपलब्ध भएकाले शैक्षिक निरन्तरतामा चुनौती देखिएको हो । 

बौद्धिक अपांगता भएका बालबालिकाको अभिभावकमार्फत सञ्चालनमा रहेको विद्यालयले विदुर नगरकार्यपालिकामा कक्षा १ सम्म अध्यापन गराउने अनुमति पाए पनि शिक्षक र भौतिक संरचना अभावमा विद्यालय चलाउन कठिनाइ भएको व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार विद्यालयमा दश छात्र र १४ छात्रा छन् । जसमा तीन वर्षदेखि ३२ वर्षसम्मका बौद्धिक अपांगता विद्यार्थी अध्ययन गर्छन् । उक्त विद्यालय विसं २०६८ देखि संस्थागत रुपमा सञ्चालन गरिएको हो । 

अठार वर्षभन्दा कम उमेरका १७ जना विद्यार्थी छन्, शिक्षक अभावले पर्याप्त शिक्षा र ज्ञान दिन कठिनाइ भएको विद्यालयले जनाएको छ । “१८ वर्षभन्दा माथि उमेरका सात जना छन् । उनीहरुलाई विद्यार्थी सुविधा उपलब्ध नहुने व्यवस्थाले थप कठिनाइ छ,” उहाँले भन्नुभयो, “बौद्धिक अपांगता भएकालाई शिक्षा र स्याहार दुवै चाहिन्छ, एक जना सहयोगी शिक्षकको कोटा मात्र पाएका छौँ, अरू दुईजना शिक्षक निजी स्रोतबाट चलाउँदै आएका छौँ, सरकारी सहयोग अपुग छ ।” 

विद्यार्थीलाई अक्षरको माध्यमबाट भन्दा पनि चित्र र संगीतबाट स्फूर्ति बनाउने गरेको विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो । अपांगता भएका बालबालिकाको अभिभावक काममा व्यस्त हुने र उनीहरुले आफ्नो शरीरको रक्षासमेत गर्न नसक्ने हँुदा असुरक्षाको कारण विद्यार्थीलाई आवासीय व्यवस्था छ । 

विद्यार्थीलाई थेरापी, संगीत, खेल, चित्र लगायतका अभ्यासबाट सिकाइने हुँदा बौद्धिकतामा सुधार गर्दै सामन्यतर्फ फर्काइने गरिएको छ, त्यसमा विद्यालय सफल ठहरिँदै आएपछि अहिले विद्यार्थी भर्ना दर वृद्धि हुँदै गएको छ । अस्थायी टहरामा सञ्चालन हुँदै आएको विद्यालयमा भर्ना हुन चाहने अन्य विद्यार्थी भए पनि भौतिक संरचना र शिक्षक अभावले लिन नसकेको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालनसम्बन्धी अधिकार स्थानीय तहलाई प्राप्त भएकाले आगामी दिनमा सहयोग गर्ने नीति अवलम्बन गरिने वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य