२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पाँच महिला सम्मानित

२४ फाल्गुन २०७४, बिहीबार १२:३४

चिसाङ शेर्पा/फागुन २४, खोटाङ | खोटाङमा पाँच महिला सम्मानित भएका छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु सम्मानित भएका हुन् ।


सामाजिक क्षेत्रमा क्रियाशिल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दुर्गाजयन्ती राई,  सोही नगरपालिका–१ दिक्तेलका डिल्लीकुमारी आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका पुर्णमाया तामाङ सम्मानित भएका छन् ।

खेलक्षेत्रबाट जिल्ला तथा राष्ट्रलाई सहयोग पुर्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका राष्ट्रिय कराते खेलाडी बिधाकला राई र जिल्लाबाट पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत सोही नगरपालिका–१ दिक्तेलका पत्रकार शर्मिला बिश्वकर्मालाई जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिएको हो । विक पत्रकार महासंघ शाखा खोटाङका कोषाध्यक्ष हुन् ।   

जिल्लाका सम्पुर्र्ण सरकारी, गैरसरकारी संघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्मानित महिलाहरुलाई १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, बिशेष अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीले सम्मानपत्र, ५ हजार ५ सय ५५ सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रम अघि दर्जनौ महिला तथा जिल्लाका राजनीतिक दल, बुद्धिजीवीले दिक्तेल हाँटडाडाबाट जिल्ला समन्वय समितिको समिक्षालय हलसम्म महिला हक अधिकारको जोडदार नारा लगाएका थिए । जहाँ छोरीको जित त्यहाँ समाजको हित, मानब अधिकार संरक्षणमा एकबद्ध हौ, कसैको पनि कसैले मानब अधिकार हनन नगरौ, लैंगिक हिंसा विरुद्ध एकजुट हौ, महिला हिंसा अन्त्य गरौ लगायतका प्लेकार्डका साथमा महिला अधिकारको नारा लगाईएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो