२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा योग विज्ञान शिविर शुरु

२०७४, २४ फाल्गुन बिहीबार १६:२२

फागुन २४, सुर्खेत । विहीवारदेखि वीरेन्द्रनगरमा निःशुल्क योग विज्ञान शिविर शुरु भएको छ । २८ गतेसम्म सञ्चालन हुने शिविरमा विभिन्न योग, आर्युर्वेदका वारेमा जानकारी गराइने पतञ्जली योग समिति भेरी अञ्चल इन्चार्ज शिवराज जैसीले जानकारी दिए ।

‘नियमित योग, व्यवस्थित आहार बिहार हाम्रो चाहना स्वस्थ वीरेन्द्रनगर’ भन्ने मुला नाराका साथ शिविर सञ्चालन भएको छ । शिविरको उद्घाटन गर्दे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योग सवैको लागि ज्यादै नै उपयोगी भएकाले यसलाइ नियमित गरी स्वस्थ जिवन जिउन सवैलाइ आग्रह गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले स्वस्थ रहनको लागि योग, आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।वीरेन्द्रनगर नगरपालिका उप मेयर मोहनमाया ढकालले योग विज्ञान भएको र यसले निरोगीहरु जन्माउने भएकाले नियमित योग गर्न आवश्यक रहेको बताइन् ।


शिविर वीरेन्द्रनगर नगरपालिकाको आयोजना, भेरी अञ्चल आयुर्वेद औषधालय र पतञ्जलि योग समिति सुर्खेतको समन्वयमा सञ्चालन भइरहेको छ । योग शिविरमा पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्र, पतञ्जलीका रिता कार्की र आयुर्वेद डाक्टर विनोद घिमिरेले योग, प्रवचन तथा आयुर्वैदका वारेमा पाँच दिनसम्म जानकारी दिने जनाइएको छ । शिविरमा दुइ हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते