२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा योग विज्ञान शिविर शुरु

२४ फाल्गुन २०७४, बिहीबार १६:२२

फागुन २४, सुर्खेत । विहीवारदेखि वीरेन्द्रनगरमा निःशुल्क योग विज्ञान शिविर शुरु भएको छ । २८ गतेसम्म सञ्चालन हुने शिविरमा विभिन्न योग, आर्युर्वेदका वारेमा जानकारी गराइने पतञ्जली योग समिति भेरी अञ्चल इन्चार्ज शिवराज जैसीले जानकारी दिए ।

‘नियमित योग, व्यवस्थित आहार बिहार हाम्रो चाहना स्वस्थ वीरेन्द्रनगर’ भन्ने मुला नाराका साथ शिविर सञ्चालन भएको छ । शिविरको उद्घाटन गर्दे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योग सवैको लागि ज्यादै नै उपयोगी भएकाले यसलाइ नियमित गरी स्वस्थ जिवन जिउन सवैलाइ आग्रह गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले स्वस्थ रहनको लागि योग, आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।वीरेन्द्रनगर नगरपालिका उप मेयर मोहनमाया ढकालले योग विज्ञान भएको र यसले निरोगीहरु जन्माउने भएकाले नियमित योग गर्न आवश्यक रहेको बताइन् ।


शिविर वीरेन्द्रनगर नगरपालिकाको आयोजना, भेरी अञ्चल आयुर्वेद औषधालय र पतञ्जलि योग समिति सुर्खेतको समन्वयमा सञ्चालन भइरहेको छ । योग शिविरमा पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्र, पतञ्जलीका रिता कार्की र आयुर्वेद डाक्टर विनोद घिमिरेले योग, प्रवचन तथा आयुर्वैदका वारेमा पाँच दिनसम्म जानकारी दिने जनाइएको छ । शिविरमा दुइ हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य