२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा महिला दिवसमा र्याली र सभा

२०७४, २४ फाल्गुन बिहीबार १६:२३

फागुन २४, कालिकोट | १ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालीकोटमा र्याली र सभा गरि मनाइएको छ । कालीकोट सदरमुकाम मान्ममा महिला अधिकार सम्बद्ध संघ संस्था तथा स्थानीय सरकारको अगुवाईमा र्याली निकालिएको थियो  । पञ्चेबाजासहितको र्याली जिरो प्वाइन्टदेखी प्रतिमा चौक परिक्रमा पछि जिल्ला समन्वय समितिको खुला मञ्चमा पुगेर सभा गरिएको थियो ।

जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी बिष्ट नेपालीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिकाकी उपप्रमूख बिजया बिष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, डिएपी सुबासचन्द्र बोहोरा लगायतका सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो । आर्थिक शसक्तिकरणसहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नारासहित बजारमा महिलाहरुले महिला पुरुष समान ज्यालाको सुनिश्चितता, पैतृक सम्पत्तीमा महिलाको अधिकार, छोरा छोरी समान अवसर लगायतका नाराबाजी पनि गरेका छन् ।


कार्यक्रम अघि राजनीतिक दल सम्बद्ध महिलाहरुलाई खवर नगरेको भन्दै महिला नेतृहरुले दुखेसो पोखेका छन् । सरकारी तवरबाट मनाइएको दिवसमा महिला अधिकारकर्मी तथा राजनीतिक दल सम्बद्ध संगठनका महिलाहरु नबोलाइएको बिषयमा केहीबेर भनाभन समेत भएको थियो । १ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमको अगुवाई गरेको महिला तथा बालबालिका कार्यालयले कार्यक्रमका लागि निमन्त्रणानदिएको भन्दै महिला नेतृहरुले विरोध जनाएपछि केही समय विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते