२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा

२०७४, २५ फाल्गुन शुक्रबार ०८:५७

फागुन २५, रुपन्देही | लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । 

प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वलाई उजागर गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । 

“भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सडक सञ्जाल र आवास निर्माण गरेर पर्यटकलाई आर्कषण गर्ने योजना बनाइने छ, ” उहाँले भन्नुभयो– “ लुम्बिनीमा पर्यटकको संख्या र बसाईको समयावधि बढाइने कार्यमा सरकार लाग्नेछ ।” 

रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला बुद्धभूमि लुम्बिनीसँग सम्बन्धित क्षेत्र हुन । यस क्षेत्रलाई पर्यटकीय आर्कषणको रुपमा लिइन्छ । 

“बर्दिया राष्ट्रिय निकुञ्ज जहाँ बाघको संख्या धेरै पाइने स्थानको रुपमा समेत परिचित छ, त्यसले वन्यजन्तुको अवलोकन गर्ने पर्यटकका लागि थप आकर्षक हुनेछ,” उहाँले भन्नुभयो । 

त्यस्तै प्यूठानको स्वर्गद्ववारीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न र त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन कदम चालिने मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो– “यी तीन क्षेत्रलाई “टुरिष्ट हब” को रुपमा विकास गरेर यसका आधारमा बजेट विनियोजन गरिनेछ ।” 

छ जिल्ला पहाड र छ जिल्ला तराई भएको प्रदेश नं. ५ मा जातीय सद्भाव कायम राख्न जोड दिइने बताउँदै मन्त्री चौधरीले विकासमार्फत सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो । 

यस बाहेक हाइड्रोपावरको प्रशस्त सम्भावना रहेको र त्यसबाट बिजुली उत्पादन गर्न सकिने बताउँदै उहाँले प्रदेश नं. ५ औद्योगिक हब पनि हो, त्यसै अनुरुप यहाँ विकासका संरचना बनाईन्छ । 

मन्त्री चौधरीले औद्योगिक कोरिडोर र शैक्षिक हबका रुपमा पनि यो प्रदेशलाई विकास गर्ने लक्ष्य लिएको बताउँदै कूल ग्रार्हस्थ उत्पादनमा प्रदेश नं. ५ को योगदान कसरी उच्च राख्न सकिन्छ भनेर प्राथमिकतामा राखेको जानकारी दिनुभयो । 

त्यस्तै आर्थिक विधेयक कार्यविधि ऐनमार्फत सरकारले रु एक अर्ब दुई करोडको विनियोजित बजेट ल्याउन लागेको जानकारी पनि उहाँले दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा