२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी क्षेत्रको विकास उच्च प्राथमिकतामा

२५ फाल्गुन २०७४, शुक्रबार ०८:५७

फागुन २५, रुपन्देही | लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । 

प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वलाई उजागर गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । 

“भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सडक सञ्जाल र आवास निर्माण गरेर पर्यटकलाई आर्कषण गर्ने योजना बनाइने छ, ” उहाँले भन्नुभयो– “ लुम्बिनीमा पर्यटकको संख्या र बसाईको समयावधि बढाइने कार्यमा सरकार लाग्नेछ ।” 

रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला बुद्धभूमि लुम्बिनीसँग सम्बन्धित क्षेत्र हुन । यस क्षेत्रलाई पर्यटकीय आर्कषणको रुपमा लिइन्छ । 

“बर्दिया राष्ट्रिय निकुञ्ज जहाँ बाघको संख्या धेरै पाइने स्थानको रुपमा समेत परिचित छ, त्यसले वन्यजन्तुको अवलोकन गर्ने पर्यटकका लागि थप आकर्षक हुनेछ,” उहाँले भन्नुभयो । 

त्यस्तै प्यूठानको स्वर्गद्ववारीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न र त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन कदम चालिने मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो– “यी तीन क्षेत्रलाई “टुरिष्ट हब” को रुपमा विकास गरेर यसका आधारमा बजेट विनियोजन गरिनेछ ।” 

छ जिल्ला पहाड र छ जिल्ला तराई भएको प्रदेश नं. ५ मा जातीय सद्भाव कायम राख्न जोड दिइने बताउँदै मन्त्री चौधरीले विकासमार्फत सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो । 

यस बाहेक हाइड्रोपावरको प्रशस्त सम्भावना रहेको र त्यसबाट बिजुली उत्पादन गर्न सकिने बताउँदै उहाँले प्रदेश नं. ५ औद्योगिक हब पनि हो, त्यसै अनुरुप यहाँ विकासका संरचना बनाईन्छ । 

मन्त्री चौधरीले औद्योगिक कोरिडोर र शैक्षिक हबका रुपमा पनि यो प्रदेशलाई विकास गर्ने लक्ष्य लिएको बताउँदै कूल ग्रार्हस्थ उत्पादनमा प्रदेश नं. ५ को योगदान कसरी उच्च राख्न सकिन्छ भनेर प्राथमिकतामा राखेको जानकारी दिनुभयो । 

त्यस्तै आर्थिक विधेयक कार्यविधि ऐनमार्फत सरकारले रु एक अर्ब दुई करोडको विनियोजित बजेट ल्याउन लागेको जानकारी पनि उहाँले दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य