२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी: कर्मचारी अभाव हुदा मुद्दा फछ्र्यौटमा समस्या

२०७४, २५ फाल्गुन शुक्रबार १०:५८

फागुन २५, गौशाला | महोत्तरी जिल्ला अदालतमा आवश्यक कर्मचारी अभावका कारण मुद्दा फछ्र्याैटमा समस्या भएको छ । 

जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलकाअनुसार अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला प्रभावित भएको हो । 

सर्वोच्च अदालतले न्यायालयलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्ने योजना अघि सारे पनि आवश्यक कर्मचारी अभावकै कारण जिल्ला अदालतमा मुद्दा फैसलाले गति लिन सकेको छैन । छिटोछरितो न्याय सम्पादन गरी कुनै पनि मुद्दालाई १८ महिनाभित्र फैसला गरिसक्नुपर्ने भनिएको छ तर कर्मचारी अभावका कारण शीघ्र न्याय सेवा प्रवाहका लागि समयमा काम हुन नसकेको प्याकुरेलले बताउनुभयो । 

जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा ६४ प्रतिशत मुद्दा मात्र फस्र्यौट भएका छन्। यस अवधिमा अदालतले एक हजार ४० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिइएकामा ६७३ मुद्दाको मात्र फैसला गरिएको छ । एक सयभन्दा बढी मुद्दाको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला भएको छैन । 

जिल्ला न्यायाधीश प्याकुरेलकाअनुसार निर्वाचनको करिब तीन महिना कर्मचारी बाहिर बसेकाले पनि मुद्दा फछ्र्यौटले गति लिन नसकेको हो। यसअघिको टिमले आवश्यक रफतारमा काम गर्न नसक्दा धेरैजसो मुद्दा थाँती रहेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला