२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

शिक्षा/स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी

२०७४, २५ फाल्गुन शुक्रबार १४:४४

फागुन २५, अर्घाखाँची | सन्धखर्क नगरपालिका  वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीलेले शैक्षिक गुणस्तर  बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी  र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने  बताउनु भयाे ।

भगवती  माध्यमिक बिद्यालय  सन्धिखर्क काे बधाई  तथा शुभकामना कार्यक्रममा मन्तव्य  राख्दै  उहाँले बर्तमान शिक्षा प्रणालीमा व्यापक सुधारकाे खाँचो औल्याउनु भयाे । रायमाझीले  शिक्षा  र स्वास्थ्य क्षेत्रमा भएको व्यापारी करण नराेके सम्म गरिब जनताका छाेरा छाेरीले पढ्न सक्ने अबस्था नै नरहेको  भन्दै निशुल्क र अनिवार्य  शिक्षाको  बिषयमा  जाेडदिनु भयाे ।

बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर  भुसालको अध्यक्षता र शाेभाखर पन्थीकाे संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन  समितिका अध्यक्ष शिबहरी पाैडेल, सदस्य द्वय भाेजबहादुर गन्दर्व, तुल्सी गैरे, सल्लाहकार लेखनाथ भुसाल , बिष्णु  ढुङ्गाना,शिक्षक कृण्ण प्रसाद भुसाल  लगायतका बक्ताहरुले मन्तव्य  राख्दै शैक्षिक गुणस्तर बृद्धिमा जाेडदिनु भयाे । कार्यक्रममा बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसबर्ष भगवती माध्यमिक बिद्यालय बाट १२५ जना बिद्यार्थी एस.ई.ई. परिक्षामा समाबेस हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने