२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा सचेतना अभियानमा महिलाहरु

२५ फाल्गुन २०७४, शुक्रबार १५:१६

फागुन २५, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ५ दाहाँमा महिलाहरु सुनौला हजार दिनका बारेमा जनचेतना फैलाउने अभियानमा जुटेका छन् । आमा गर्भवती भएदेखी बच्चा दुई बर्ष पुगुन्जेसम्मको अवधि सुनौला हजार दिनले बालबालिकाको शारिरिक, मानसिक तथा संवेगात्मक विकासमा महत्वपुर्ण समय मानिने भएकाले यस अवधिमा बच्चाको स्याहार र हेरचाहा राम्रो गरी गर्भवती, सुत्केरी महिला तथा बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउन उक्त अभियानमा दाहाँका महिलाहरु जुटेका हुन् ।

स्वास्थ्य चौकी दाहाँको आयोजना तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा नगरपालिकाको वडा नं. ५ देखी सुनौला हजार दिनका बारेमा जनचेतना फैलाउन अभियान थालेको नगर उप प्रमूख बिजया बिष्टले बताईन् । उनले आफुहरुले नगरपालिकालाई कुपोषणमुक्त नगरका रुपमा विकास गर्न दाहाँबाट थालेको अभियान सवै वडाहरुमा बिस्तार गर्ने बताईन् ।

उनले भनिन्, ‘खाँडाचक्र नगरपालिकाले नगरका विभिन्न बर्थिङ्ग सेन्टर र जिल्ला अस्पतालमा महिलाहरु प्रसुती सेवा लिन आउँदा आफै खाना पकाएर खाने व्यवस्था मिलाउन ग्याँस र चुलो उपलब्ध गराएका छौँ’ उनले भनिन्, ‘नगरका सबै महिलाहरुलाई आमा गर्भवती भएदेखी बच्चा दुई बर्ष पुगुन्जेलसम्मको सुनौला हजार दिन र स्वास्थ्य संस्थामै प्रसुती सेवा लिनका लागि प्रोत्साहन गरिनेछ ।  उनले आफुहरुले नगरपालिकाका ११ वटै वडाबाट घरायसी सरसफाई, बालबालिकाको स्याहार, समयमै सबै खोप लगाउने लगायतका मापदण्डमा उत्कृष्ट हुने एक एक जना महिलाहरुलाई वडा अध्यक्षको सिफारिसमा नगरले पुरस्कृत गर्ने कार्यक्रम ल्याएको बताईन् ।


स्वास्थ्य चौकी दाहाँकी ईन्चार्ज रुपा भण्डारीले आफुहरुले स्थानीय महिलाहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, स्वास्थ्य आमा समुहको सक्रियतामा सुनौला हजार दिन बारे जनचेतना फैलाउने अभियान थालेको बताईन् । उनले अहिले पनि कतिपय महिलाहरु स्वास्थ्य संस्थामा बच्चा जन्माउन नआउने, बच्चालाई समयमै खोप लगाउन लापरवाही गर्ने लगायतका समस्याका कारण बिभिन्न खालका समस्या झेल्दै आएको बताउँदै यसको अत्यका लागि महिलाहरुको सक्रियतामा घरदैलोमा पुगेर सचेत गराउने बताईन् ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले हालसम्म पनि यस जिल्लाका गर्भवती तथा सुत्केरी महिलाहरुमा आफुले लिनु पर्ने सेवा बालबालिकाहरुलाई गर्नु पर्ने स्याहार तथा पौष्टिक आहार दिनुपर्ने चेतनामा कमी रहेको बताए । उनले हाल जिल्लामा थालिएको सुनौला हजार दिन अभियानले गर्भवती, सुत्केरी महिला तथा दुई बर्ष मुनीका बालिबालिकाहरुको पोषण अवस्थामा सुधारोन्मुख रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य