Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२० मंसिर २०८२, शुक्रबार
बर्दिया - BRD

बड़ो रोचक वेलायती नेपालीको जीवन शैली !

२५ फाल्गुन २०७४, शुक्रबार १५:२५


नारायण गाउँले 
बेलायती नेपालीको जीवन बड़ो रोचक छ । 
सामान्यतः उस्तै वर्गको बेलायतीले जिउने जीवन र नेपालीको जीवनमा धेरै फ़रक छ ।

बेलायतमा झन्डै ४०% नागरिकसँग आफ्नो घर छैन । धेरै कामकाजी बेलायतीहरू किस्ताबन्दीमा पाइने घरको १०% डिपोजिट रकम पनि जम्मा गर्न सक्दैनन् । 
तर दश वर्ष बेलायत बस्ने नेपालीसँग प्रायः आफ्नै घर हुन्छ । जबकि उक्त दश वर्षभित्र उसले आम बेलायतीले भन्दा दशौं हजार पाउण्ड भिसा र अन्य कागजपत्रमा खर्च गर्नुपर्छ । उसले कमाइको केही अंश नेपाल पनि पठाउँछ ।

नेपालीहरू शान र मानका ठूलै शौखिन पनि छन् । त्यसका निम्ति गच्छेभन्दा बढ़ी लगानी गर्ने पनि भेटिन्छन् । समान स्तरको बेलायतीले जीवनमा दुई चार च्यारिटी गर्दो रहेछ, तर नेपालीले सरदर हप्तामैं दुई चार वटा च्यारिटी भ्याउनुपर्छ । पाँच-दश पाउण्ड च्यारिटी भनेको एउटा बेलायतीका निम्ति ठूलो हो, तर नेपालीले २० भन्दा तल पैसा नै नगन्ने अवस्था छ । १०० भनेको केही होइनजस्तो भइसक्यो । चट्ट दुईचार जनाको अगाडि उभिएर लगाउन पाइने पहेँलो खादा र भोलिपल्ट फेसबुकमा पाइने दुईचार लाइकले १०० पाउण्ड कमाउँदाको दुःखकष्ट एक छिन बिर्साउने रहेछ । यसमा उदार र कोमल मन त पक्कै छ तर प्रतिष्पर्धाको भूमिका पनि निरन्तर बढ्दै छ ।

संस्थामा बसेको बेलायती र कुनै संस्थामा नबसेको नेपाली भेटाउन मुश्किल छ । कुनै संस्थामा केही बन्न सकिएन भने पनि सल्लाहकारसम्म भए पनि बन्ने दाउमा जीवन बित्छ । बनाउनेले पनि सल्लाह होइन, भोलि अलिकति पैसो झर्च कि भन्ने आशा राखेको हुन्छ । हरेक हप्ता एउटा नयाँ संस्था जन्मिनु सामान्य खबर हो । बेलायतका कुल राजनैतिक पार्टीभन्दा नेपाली दलका शाखाप्रशाखा बेलायतमा धेरै छन् ।

बेलायतीहरू सरदर प्रतिहप्ता ३७.५ घण्टा काम गर्छन् र पनि जीवन काममा बितेको गुनासो गर्छन् । ५० घण्टाको काम कम भएर थप 'पार्ट टाइम' कामको खोजिमा रहेको नेपाली भने मुस्कुराई रहेको हुन्छ । उसले साथीभाइ भेट्न, खान-खुवाउन र दुई तीनवटा नेपाली कार्यक्रममा जान पनि भ्याएकै हुन्छ । पहिलो पुस्ता भएकाले होला, कामबाहेक बाँकी बच्ने समय भने 'नेपाल'बारे नै सोचेर, बोलेर, पढेर र चिन्तन गरेर बितेको हुन्छ ।

समान आय भएको बेलायतीभन्दा नेपालीको मोबाइल नयाँ र ब्राण्डेड हुन्छ । चढ्ने गाड़ी ठूलो र महँगो हुन्छ । खानपिन र रहनसहन पनि माथिल्लै हुन्छ । राजनैतिक चेत त दशौ हजार माथि हुन्छ । नेपालको प्रधानमन्त्रीलाई नभेटेको र नचिनेको त को नै बाँकी होला र यतैका मन्त्रीसँग सेल्फी टाँस्ने पनि धेरै नै छन् । म के छु भन्ने भन्दा पनि नेपालमा के थिएँ भन्ने धाक र रबाफले जिन्दगी तान्नेहरू यत्रतत्र छन् । म त नेपालमा जेल परेको नेता, त्यताको पुलिस, पत्रकार, अभिनेता, गायक आदि आदि भनेर यता मान खोज्ने र सङ्गठन गर्ने त कति कति । हरेक नेपालीसँग नेपाल कसरी बनाउने भन्ने ज्ञान र चेत त सामान्य भयो, विश्व कसरी हाँक्ने भन्ने सोधेर हातमा माइक दिनुभयो भने तीनघण्टा धाराप्रवाह बोल्ने क्षमता हुन्छ । विश्वले नेपालीको यस्तो अद्भुत क्षमताको कदर कहिले गर्ला ?

जति धेरै सोच्यो, त्यति भव्य लाग्छन्, मलाई नेपालीहरू । र, त्यसभित्र म आफै पनि छु । जय नेपाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै