Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, २६ चैत्र बिहीबार
बर्दिया - BRD

बड़ो रोचक वेलायती नेपालीको जीवन शैली !

२०७४, २५ फाल्गुन शुक्रबार १५:२५


नारायण गाउँले 
बेलायती नेपालीको जीवन बड़ो रोचक छ । 
सामान्यतः उस्तै वर्गको बेलायतीले जिउने जीवन र नेपालीको जीवनमा धेरै फ़रक छ ।

बेलायतमा झन्डै ४०% नागरिकसँग आफ्नो घर छैन । धेरै कामकाजी बेलायतीहरू किस्ताबन्दीमा पाइने घरको १०% डिपोजिट रकम पनि जम्मा गर्न सक्दैनन् । 
तर दश वर्ष बेलायत बस्ने नेपालीसँग प्रायः आफ्नै घर हुन्छ । जबकि उक्त दश वर्षभित्र उसले आम बेलायतीले भन्दा दशौं हजार पाउण्ड भिसा र अन्य कागजपत्रमा खर्च गर्नुपर्छ । उसले कमाइको केही अंश नेपाल पनि पठाउँछ ।

नेपालीहरू शान र मानका ठूलै शौखिन पनि छन् । त्यसका निम्ति गच्छेभन्दा बढ़ी लगानी गर्ने पनि भेटिन्छन् । समान स्तरको बेलायतीले जीवनमा दुई चार च्यारिटी गर्दो रहेछ, तर नेपालीले सरदर हप्तामैं दुई चार वटा च्यारिटी भ्याउनुपर्छ । पाँच-दश पाउण्ड च्यारिटी भनेको एउटा बेलायतीका निम्ति ठूलो हो, तर नेपालीले २० भन्दा तल पैसा नै नगन्ने अवस्था छ । १०० भनेको केही होइनजस्तो भइसक्यो । चट्ट दुईचार जनाको अगाडि उभिएर लगाउन पाइने पहेँलो खादा र भोलिपल्ट फेसबुकमा पाइने दुईचार लाइकले १०० पाउण्ड कमाउँदाको दुःखकष्ट एक छिन बिर्साउने रहेछ । यसमा उदार र कोमल मन त पक्कै छ तर प्रतिष्पर्धाको भूमिका पनि निरन्तर बढ्दै छ ।

संस्थामा बसेको बेलायती र कुनै संस्थामा नबसेको नेपाली भेटाउन मुश्किल छ । कुनै संस्थामा केही बन्न सकिएन भने पनि सल्लाहकारसम्म भए पनि बन्ने दाउमा जीवन बित्छ । बनाउनेले पनि सल्लाह होइन, भोलि अलिकति पैसो झर्च कि भन्ने आशा राखेको हुन्छ । हरेक हप्ता एउटा नयाँ संस्था जन्मिनु सामान्य खबर हो । बेलायतका कुल राजनैतिक पार्टीभन्दा नेपाली दलका शाखाप्रशाखा बेलायतमा धेरै छन् ।

बेलायतीहरू सरदर प्रतिहप्ता ३७.५ घण्टा काम गर्छन् र पनि जीवन काममा बितेको गुनासो गर्छन् । ५० घण्टाको काम कम भएर थप 'पार्ट टाइम' कामको खोजिमा रहेको नेपाली भने मुस्कुराई रहेको हुन्छ । उसले साथीभाइ भेट्न, खान-खुवाउन र दुई तीनवटा नेपाली कार्यक्रममा जान पनि भ्याएकै हुन्छ । पहिलो पुस्ता भएकाले होला, कामबाहेक बाँकी बच्ने समय भने 'नेपाल'बारे नै सोचेर, बोलेर, पढेर र चिन्तन गरेर बितेको हुन्छ ।

समान आय भएको बेलायतीभन्दा नेपालीको मोबाइल नयाँ र ब्राण्डेड हुन्छ । चढ्ने गाड़ी ठूलो र महँगो हुन्छ । खानपिन र रहनसहन पनि माथिल्लै हुन्छ । राजनैतिक चेत त दशौ हजार माथि हुन्छ । नेपालको प्रधानमन्त्रीलाई नभेटेको र नचिनेको त को नै बाँकी होला र यतैका मन्त्रीसँग सेल्फी टाँस्ने पनि धेरै नै छन् । म के छु भन्ने भन्दा पनि नेपालमा के थिएँ भन्ने धाक र रबाफले जिन्दगी तान्नेहरू यत्रतत्र छन् । म त नेपालमा जेल परेको नेता, त्यताको पुलिस, पत्रकार, अभिनेता, गायक आदि आदि भनेर यता मान खोज्ने र सङ्गठन गर्ने त कति कति । हरेक नेपालीसँग नेपाल कसरी बनाउने भन्ने ज्ञान र चेत त सामान्य भयो, विश्व कसरी हाँक्ने भन्ने सोधेर हातमा माइक दिनुभयो भने तीनघण्टा धाराप्रवाह बोल्ने क्षमता हुन्छ । विश्वले नेपालीको यस्तो अद्भुत क्षमताको कदर कहिले गर्ला ?

जति धेरै सोच्यो, त्यति भव्य लाग्छन्, मलाई नेपालीहरू । र, त्यसभित्र म आफै पनि छु । जय नेपाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल