२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको कोटवाडामा शैक्षिक गोष्ठि

२०७४, २६ फाल्गुन शनिबार १६:०३

फागुन २६, कालिकोट | नरहरीनाथ गाउँपालिका वडा नं. २ स्थित चौथीकोट आधारभुत विद्यालयमा गुणस्तरीय सिकाई वातावरण सम्बन्धि एक दिने गोष्ठि शनिबार सम्पन्न भएको छ । चौथीकोट आधारभुत विद्यालयको आयोजना, सेभ द चिल्ड्रेनको साझेदारी तथा किर्डाक नेपाल कालिकोटद्धारा सञ्चालित सम्भव परियोजनाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

गोष्ठिमा विद्यार्थीको सिकाई उपलब्धीको मापन गर्ने, विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि उक्त गोष्ठिको आयोजना गरिएको शिक्षक कम्मर बिश्वकर्माले जानकारी दिए । उनका अनुसार किर्डाक नेपालकी फिल्ड सुपरभाईजर झुपा बिकले गोष्ठिको सहजीकरण गरेकी थिईन् । गोष्ठिमा विद्यालयको शिक्षक, विद्यार्थी, नरहरीनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम दर्जी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अन्य अभिभावकहरु लगायतका शैक्षिक सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवालाहरुको सामुहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते