२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

२५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन सकियो, सयौं विधार्थी लाभान्वित

२०७४, २६ फाल्गुन शनिबार १६:१६

चिसाङ शेर्पा | फागुन २५, खोटाङ | सिक्ने र सिकाउने उद्देश्यले आयोजित २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन समापन भएको छ । नेपाल बालसाहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलन शनिबार दिक्तेलस्थित जिल्ला समन्यव समितिको समिक्षालय हलमा सकिएको हो ।

दुईदिने सम्मेलनमा दुईसय शिर्षकका बालपुस्तक प्रदर्शनीको उद्घाटन, ३६ शिर्षकका बालपुस्तक र बालसाहित्य बिमोचन, बालसाहित्य सम्बन्धि ९ वटा कार्यपत्र प्रस्तुतीसहित चित्रकारद्धय समित श्रेष्ठ र सोनाम तामाङलाई नगद दश÷दश हजारका साथमा प्रमाणपत्र वितरण गरिएको छ । तामाङ कक्षाआठ भन्दा तल पुस्तकका चित्रकार हुन् भने श्रेष्ठ कक्षा आठभन्दा माथीका पुस्तकका चित्रकार हुन् ।

‘पठन संस्कार’, ‘पुस्तकालय व्यवस्थापन’, ‘अभिभावकले बाल पुस्तक पढ्नुपर्छ’जस्ता तीन शिर्षकमा बिधार्थी र समाजका पदाधिकारीबिच अन्तरक्रिया भएको थियो । बालसाहित्य समाजका आजिवन सदस्य अनुराधा शर्मा, गंगा पौडेलले बालकथा लेखन प्रशिक्षण, डाक्टर बिष्णुकुमार खत्री, शशी थापा पण्डितले बालकविता लेखन प्रशिक्षण, समाजका सचिव यशु श्रेष्ठले कक्षामा नाटक मञ्चन सम्बन्धि प्रशिक्षण, समाजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर चूडामणि बन्धुले डायरी लेखन प्रशिक्षण, समाजका कार्यकारी सदस्य धु्रुब घिमिरेले कथा बाचन प्रशिक्षण, समाजका आजिवन सदस्य ऋषिराम शर्माले सिर्जनात्मक लेखन प्रशिक्षण, कार्यकारी समिति सदस्य डा. धु्रब घिमिरे र आजिवन सदस्य अमर कुमार प्रधानले बालबालिकाहरुलाई वाचन सिकाई प्रशिक्षण दिनुभएको समाजका सचिव यशु श्रेष्ठले जानकारी दिनुभयो । 


श्रेष्ठका अनुसार सम्मेलनमा सहभागी विभिन्न बिद्धालयका विधार्थीले कार्यक्रममा दिईएका सातै किसिमका प्रशिक्षणको प्रतिफल प्रस्तुत गरेका थिए । बालबालिकाको मनोबिज्ञानलाई पहिलो आधार बनाएर गरिएको बालसाहित्य सम्मेलनबाट सयौ बिधार्थी लाभान्वित बनेका छन् ।    

सम्मेलनकै अवसरमा बालबालिकासँग ‘पठन संस्कार’ सम्बन्धि अन्तरक्रिया र ‘गीतसंगीत सम्बन्धि प्रशिक्षण’ प्रस्तुती गरिएको बालसाहित्य समाजका उपाध्यक्ष शैलेन्दुप्रकास नेपालले बताउनुभयो । 

जिल्ला तथा काठमाण्डौका दर्जनौ साहित्यकार, कलाकार, शिक्षाविद, प्राध्यापक, प्राज्ञ, बालसाहित्यकार, शिक्षक, शिक्षाविभाग, बुद्धिजीविको बाक्लो भेला रहेको सम्मेलनको नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा प्राज्ञ चूडामणि बन्धु र प्रदेशसभा सदस्य उषाकला राईले शुक्रबार गमलाको फुलमा बिरुवा रोपेर पानी लगाई उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित