२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका भूकम्पपीडितलाई बैंकले अनुदान रकम दिएन

२७ फाल्गुन २०७४, आईतवार ११:०८

फागुन २७, नुवाकोट | भूकम्पबाट घरको क्षति बेहोरेका नुवाकोटका पीडितलाई रकम अभावको कारण देखाउँदै यहाँका बैंकले रकम उपलब्ध गराउन मानेका छैनन् । 

विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम अझै दिएको छैन । 

सो बैंकले रकम वितरणको जिम्मा पाएको जिलिङ, खङभञ्याङ, गोस्र्याङ र विदुरनगरपालिका– ७ का प्रभावितले आवास निर्माणको प्रक्रिया पूरा गरी दोस्रो र तेस्रो किस्ताको रकम खातामा आएको एक महिना हँुदा पनि बैंकले रकम रोकेर दुःख दिएको लाभग्राहीले गुनासो गरेका छन् । बैंकले पछि आउनुभन्दै पटक÷पटक फर्काउने गरेको पीडितले गुनासो गरेका छन् । 

प्रभावितले आवास निर्माण अनुदानको दोस्रो किस्ताको रकम आएको एक महिना भइसकेको र बैंकले रकम दिने तालिका सार्वजनिक गरी तोकिएको मितिमा आउँदा रकम अभावको कारण देखाउँदै फर्काएर पीडितलाई दुःख दिएको तार्केश्वर गाउँपालिका–४ वडासचिव चन्द्रनिधि घिमिरेले बताउनुभयो । 

“बैंकसँगको समन्वयमा लाभग्राहीलाई रकम लिन पठाउँदा बैंकले रकम दिन नमानेपछि पीडत अहिले वडाकार्यालयप्रति आक्रोशित बनेका छन्,” उहाँले भन्नुभयो,– “बैंकले अन्य सेवाग्राहीलाई नगद दिँदै आए पनि भूकम्पपीडितलाई भने दिएको छैन ।” 

तीन पटकसम्म पुग्दा पनि रकम नदिएको बेलकोटगढी नगरपालिका–९ बाखखोरका सूर्यबहादुर तामाङले बताउनुभयो । “वडा कार्यालयले खातामा रकम आइसकेको भनेपछि निकाल्न जाँदा रकम छैन भनेर फिर्ता पठायो,” उहाँले भन्नुभयो, “लाभग्राहीले बैंक घेरेपछि काठमाडौँको चेक दिएर पठायो, अब निकाल्न जाँदा खर्च पनि बढी, निकालेको पैसा कसरी बचाएर ल्याउने भन्ने चिन्ता छ ।” 

लुम्बिनी विकास बैंक देवीघाट शाखाका प्रबन्धक अनिल ढकालले यहाँका बैंकमा रकम अभाव भएकाले उपलब्ध गराउन नसकेको बताउनुभयो । रकम अभावको अवस्था सुधार हँुदै आएकाले चैतमा उपलब्ध गराउन सकिने ढकाल बताउनुहुन्छ । सरकारले समयसीमा निर्धारण गरी प्रभावितलाई तोकिएको समयभित्रै घर बनाउन दबाब दिँदै आए पनि अनुदानको रकम समयमै नपाउँदा पुनःनिर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भएको भूकम्पपीडितले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य