२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका भूकम्पपीडितलाई बैंकले अनुदान रकम दिएन

२०७४, २७ फाल्गुन आईतवार ११:०८

फागुन २७, नुवाकोट | भूकम्पबाट घरको क्षति बेहोरेका नुवाकोटका पीडितलाई रकम अभावको कारण देखाउँदै यहाँका बैंकले रकम उपलब्ध गराउन मानेका छैनन् । 

विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम अझै दिएको छैन । 

सो बैंकले रकम वितरणको जिम्मा पाएको जिलिङ, खङभञ्याङ, गोस्र्याङ र विदुरनगरपालिका– ७ का प्रभावितले आवास निर्माणको प्रक्रिया पूरा गरी दोस्रो र तेस्रो किस्ताको रकम खातामा आएको एक महिना हँुदा पनि बैंकले रकम रोकेर दुःख दिएको लाभग्राहीले गुनासो गरेका छन् । बैंकले पछि आउनुभन्दै पटक÷पटक फर्काउने गरेको पीडितले गुनासो गरेका छन् । 

प्रभावितले आवास निर्माण अनुदानको दोस्रो किस्ताको रकम आएको एक महिना भइसकेको र बैंकले रकम दिने तालिका सार्वजनिक गरी तोकिएको मितिमा आउँदा रकम अभावको कारण देखाउँदै फर्काएर पीडितलाई दुःख दिएको तार्केश्वर गाउँपालिका–४ वडासचिव चन्द्रनिधि घिमिरेले बताउनुभयो । 

“बैंकसँगको समन्वयमा लाभग्राहीलाई रकम लिन पठाउँदा बैंकले रकम दिन नमानेपछि पीडत अहिले वडाकार्यालयप्रति आक्रोशित बनेका छन्,” उहाँले भन्नुभयो,– “बैंकले अन्य सेवाग्राहीलाई नगद दिँदै आए पनि भूकम्पपीडितलाई भने दिएको छैन ।” 

तीन पटकसम्म पुग्दा पनि रकम नदिएको बेलकोटगढी नगरपालिका–९ बाखखोरका सूर्यबहादुर तामाङले बताउनुभयो । “वडा कार्यालयले खातामा रकम आइसकेको भनेपछि निकाल्न जाँदा रकम छैन भनेर फिर्ता पठायो,” उहाँले भन्नुभयो, “लाभग्राहीले बैंक घेरेपछि काठमाडौँको चेक दिएर पठायो, अब निकाल्न जाँदा खर्च पनि बढी, निकालेको पैसा कसरी बचाएर ल्याउने भन्ने चिन्ता छ ।” 

लुम्बिनी विकास बैंक देवीघाट शाखाका प्रबन्धक अनिल ढकालले यहाँका बैंकमा रकम अभाव भएकाले उपलब्ध गराउन नसकेको बताउनुभयो । रकम अभावको अवस्था सुधार हँुदै आएकाले चैतमा उपलब्ध गराउन सकिने ढकाल बताउनुहुन्छ । सरकारले समयसीमा निर्धारण गरी प्रभावितलाई तोकिएको समयभित्रै घर बनाउन दबाब दिँदै आए पनि अनुदानको रकम समयमै नपाउँदा पुनःनिर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भएको भूकम्पपीडितले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते