२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

२८ फाल्गुन २०७४, सोमबार ०३:०७

फागुन २८, नुवाकोट (रासस) | त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ । 

विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 


त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा.१ ख ६५१९ नं को बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बेलकोटगढी नगरपालिका–८ जिलिङका ३५ वर्षीय गुरुप्रसाद नेपाल र उहाँको पाँच वर्षीय छोरा प्रवेश नेपाल, धादिङ बैरेनीका ३७ वर्षीया दीपा सुनारलाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । अन्य चार जना घाइतेको जिल्लास्थित नुवाकोट सिटी अस्पताल विदुर र सञ्जीवनी अस्पताल बट्टारमा उपचार भइरहेको छ । 

घाइते भएका नौको अवस्था सामान्य भएपछि घर फर्किएका छन् । दुर्घटना भएको गाडीधनी एवम् चालक विनपा–५ पिपलटारका देवेन्द्रराज गजुरेललाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य