२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पृतना बन्ने भएपछि घरबार गुम्ने भयले त्रस्त भए बर्दिबासका सुकुम्बासी

२०७४, २८ फाल्गुन सोमबार ०९:३१

संजीत कुमार मण्डल/फागुन २८, गौशाला | बर्दिबास नगरपालिका ८ मा अवस्थित भूमिहीन सुकुम्बासीहरुको विजय बस्तीका रामबहादुर दर्लामी विगत एक महिनादेखि सुत्न पाएका छैनन् । रात÷रातभर जाग्राम बस्छन् । घरी रुने, घरी हाँस्ने मात्र हैन कति पटक घरबाटै उनी भागे । उनी बहुलाहा जस्तै भएका छन् । 

उनको यस्तो दुर्दशा किन भयो होला ? आफ्नो थातथलो र गरिखाने करीब दुई बिगाहा खेतबारी सबै गुम्ने भएकाले उनी यस्तो अवस्थामा पुगेका रहेछन् । 

त्यस्तै, सोही बस्तीका पवन कुमार विश्वकर्मा पनि घरबारसहित एक बिगाहा जग्गा गुम्ने त्रासले ननिदाएको महिना दिन पुग्यो । लाखौं लगानी गरेर बनाएको घरबार र लाखौं मूल्य पर्ने खेतबारीमा लगाइएको रुख, विरुवा, बालीनाली सबै गुम्ने भयले उनको निद्रा हराएको हो । 

त्यस्तै, सोही बस्तीका विन्देश्वर महतो पुस्तौंदेखि बस्दैआएको घर र परिवारको जीवन धान्ने खेतबारीबाट अचानक उठिबास हुनुपर्ने अवस्था अगाडि आएर विक्षिप्त जस्तै भएका छन् । उनी २४ घण्टा जस्तै बर्बराउँछन् र रोएर बस्ने गर्छन् । 

खिन्न मुद्रामा एकैपट्टि टोलाएर बस्ने भएका छन् स्थानीयवासी नर बहादुर खनाल । उनले आफ्ना बाबुबाजेले गिट्टी कुटेर, बालुवा चालेर र ज्याला मजदुरी गरेर उजाड ठाउँलाई बस्न योग्य बनाए । अहिले यही थातथलो कसैले एक झट्कामै हरण गरेको सुनेपछि उनको होश नै गुमेको छ । उनको खाने, बोल्ने र सुत्ने बानी बिथोलिएको छ । 

यी केही प्रतिनिधि पात्रहरु हुन् । यस बस्तीमा त्यस्ता पीडा बोक्ने ७०÷७५ घर परिवार छन् जसको रातको निद्रा र दिनको चयन खोसिएको छ । 

महोत्तरी जिल्लाको रातु खोलाको नदी उकास जग्गामा २०५१ सालदेखि ती भूमिहीन परिवार बस्दैआएका छन् । उनीहरुले त्यहाँका २ बिगाहा ९ कट्ठा घडेरीमा आफ्नो घरबार बनाएका छन् र त्यहीँको ६० बिगाहा जति जग्गा चर्चेर खेतीबारी गर्दैआएका छन् । तर, उनीहरुसँग दुबैको लालपूर्जा छन् । 

कसैले दुई त कसैले तीन पुस्ता यही ठाउँमा बिताइसके । उनीहरु एक आपसमा आफूले चर्चेको घर र जमिन आवश्यक परेका बेला बिना लालपूर्जा किनबेचसमेत गर्ने गर्छन् । 

यसरी वर्षौंदेखि भोगचलन र खनजोत गर्दै आएको जग्गा जमिनमा अचानक तीन महिना अगाडि पुस २० गते नेपाल सरकारले २ नं प्रदेश स्तरीय नेपाली सेनाको पृतना बनाउन अनुमति दिएको खबर सुनेर उनीहरुको होस उडेको हो । 

स्थानीय भूमिहीन सुकुम्बासीले आन्दोलन, संघर्ष र कुनै उपाय गर्दा पनि पुस्तैनी बस्दै आएका यहाँको जमिनको लालपुर्जा लिन सकेनन् । तीन महिना अघि पृतना बनाउने भनी लालपुर्जासमेत बनाएर सरकारले नेपाली सेनालाई दिएको सुनेर विजय बस्तीका भूमिहीन सुकुम्बासीहरु अचम्ममा परे । 

एक महिना अघि नेपाली सेनाको श्री २ नं युद्धकवच गणले त्यहाँ आएर विजय बस्तीले चर्चेको ६० बिगाहा र वरपरका करिव ३२६ बिगाहा जमिनमा तारबार लगाइदिए । साठी बिगाहा जग्गामा लगाइएका बाली र रुख विरुवा समेतमा अचानक बार बेरेर अबदेखि यसभित्र स्थानीय बासिन्दाको कुनै हकअधिकार नभएको जनाउ दिँदै सेनाले यसभित्र प्रवेश नगर्नू भन्ने आदेश दिए । 

यस बस्तीका बासिन्दाहरुका अनुसार ६० बिगाहा खेतीयोग्य जग्गासहित ११ जनाको घरबार पनि पृतनाको नक्साभित्र परेको छ । बाँकी रहेका घरबारको पनि लालपुर्जा आफूहरुसँग नभएकाले पूरै बस्ती नै सेनाले खोस्ने हो कि भने भयले उनीहरुलाई सताइरहेको छ । 

उनीहरुले आफ्नो थातथलो जोगाइदिन बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीलाई गुहारेका छन् । प्रमुखले माथि कुरा गर्ने र बस्ती जोगाउन पहल गरिदिने वचन दिएको उनीहरु बताउँछन् । 

त्यसैगरी, भूमिहीन सुकुम्बासीको हकअधिकारको संरक्षण गर्न र उनीहरुलाई भूमि दिलाउन सक्रिय भूमिअधिकार मञ्च जिल्ला समिति महोत्तरी पनि उनीहरुको पक्षमा उभिएको छ । 

मञ्चका केन्द्रीय सदस्य फौदसिंह स्याँग्वाले नेपाल सरकारले कुनै पनि हालतमा त्यहाँका भूमिहीन सुकुम्बासीलाई घरबारविहीन बनाउन नसक्ने र उनीहरुले वर्षौंदेखि चर्चिआएको जग्गा बिना सूचना हडप्न नपाउने बताउँछन् । 

कसैको जीविकोपार्जनको आधार र थातथलो नै खोस्ने गरी सरकारले चाल्न लागेको कदमको विरोधमा स्थानीयस्तरदेखि केन्द्रसम्म भूमिहीन सुकुम्बासीलाई लिएर आन्दोलन र संघर्षका कार्यक्रम गर्ने जानकारी पनि उनले दिए । 

सरकारले त्यस बस्तीलगायत वरपरका सम्पूर्ण भूमिहीन सुकुम्बासीका घरबार र उनीहरुले खनजोत गर्दैआएका जग्गा बराबरको जग्गा अन्यत्र उपलब्ध गराउनुपर्ने नभए स्थानीय स्तरमा चलनचल्तीमा रहेको मूल्य बराबरको मुआब्जा उपलब्ध गराउनुपर्ने माग मञ्चको छ । 

त्यस्तै, भूमिअधिकार मञ्च जिल्ला समिति महोत्तरीका संयोजक राजकुमार बस्नेतले भूमिहीन सुकुम्बासीलाई कुनै जानकारी नै नदिई, उनीहरुसँग कुनै छलफल नै नगरी उठिबास गराउने योजनाप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मञ्चले भूमिहीन सुकुम्बासीहरुको हकअधिकारको लागि कुनै पनि कदम चाल्नसक्ने चेतावनी दिए । 

बर्दिवास नगरपालिकाको वडा नं ७ किसाननगर, वडा नं ८ हातिलेट, वडा नं ९ पशुपतिनगर र वडा नं १३ बिजलपुरा गरी चारवटा वडामा पर्ने रातु खोलाको नदी उकासको ३ सय २६ बिगाहा जग्गामा २ नं प्रदेश स्तरीय पृतना बनाउन सरकार लागिपरेको छ । 

यहाँ पृतना निर्माण भए बर्दिवासका चारवटै वडामा रहेका दर्जनौं घर, विजय बस्तीका ११ र गिरी टोलका ११ घर विस्थापित हुनेछन् । यहाँका भूमिहीन सुकुम्बासीहरुले आफ्नो थातथलो जोगाइदिन सरोकारवाला सबैसँग याचना गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला