फागुन २८, बाजुरा | बडीमालिका नगरपालिका–७ जिल्लीको पोखरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ५० वर्षीया देवी खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान गाईभैँसीका लागि डालेघाँस काट्न गएका खत्रीको रुखबाट खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभएको छ । मृतक खत्रीको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याइएको छ ।रासस

March 12, 2018
बाजुरा - BJR, समाज
बाजुरामा रुखबाट खसेर एकको मृत्यु
By kit
2 मिनेट पढाइ