प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

एकाविहानै सेता साधकहरु !

२८ फाल्गुन २०७४, सोमबार १२:४५

प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर्दै आफ्नो शरीर निरोगी र स्वस्थ्य बनाउनका लागि योगमा जुटे ।


यसरी जुट्न लागेको छ सात वर्ष भैसकेको थियो तर यो जुटाइले आजदेखि औपचारिक रुप लिएको छ । पतञ्जली योग समिति बर्दियाको समन्वयमा आजदेखि सञ्चालन गर्न लागिएको सह–योग प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आजदेखि गुलरियाको कर्मचारी मिलन केन्द्रको हलमा शुरुवात गरिएको हो ।

भोलिदेखि औपचारिक प्रशिक्षण शुरु गरिने भएकोले सहभागीताका लागि इच्छुक व्यक्तित्वहरुलाई अनुरोध गरिएको छ । पतञ्जली योग समिति काठमाडौंबाट आउनुभएकी योग प्रशिक्षक रिता कार्कीले कार्यक्रमको समुद्घाटन गर्नुहुँदै योगको महत्व र प्रशिक्षणका विविध आयामहरुका बारेमा जानकारी दिनुभएको थियो । साथै सहभागी प्रशिक्षार्थीहरुलाई निष्ठा र आस्थापूर्वक प्रशिक्षणमा सहभागी हुनका लागि अनुरोध गर्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा अतिथि प्रशिक्षकद्वय रिता कार्की, अञ्जल प्रभारी मदनकुमारी श्रेष्ठ लगायत जिल्ला समितिका अध्यक्ष डिल्ली ज्ञवाली, सचिव देवीराम लामिछाने, शिवु ज्ञवाली, भूमिराज लामिछाने लगायतले सहजीकरण गर्नुहुने बताइएको छ । 

कार्यक्रमको सहजीकरण गर्नुहुँदै साधक भूमिराज लामिछानेले विगत केही वर्षदेखि आ–आफ्नै हिसाबले गरिँदै आइएको योगलाई अब भने औपचारिक रुपमा नै सञ्चालन गर्न लागिएको बताउनुभयो । 


जम्मा १ सय १० घण्टा सम्म सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा प्रवेश तथा कोर्स पूरा गर्नका लागि फारम भर्नुपर्ने पूरा कोर्सको १ हजार पाँच सय शुल्क लाग्ने साधक शिवु ज्ञवालीले साझा सबाललाई बताउनुभयो । 

कार्यक्रममा स्वागत पतञ्जली योग समिति बर्दियाकी साधक तथा योग अभियान्ता शिवु ज्ञवालीले गर्नुभएको थियो भने आजको उद्घाटन कार्यक्रम अध्यक्ष डिल्लि ज्ञवालीको अध्यक्षतामा सम्पन्न गरिएको हो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै