प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर"/>

2026-09-14 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

एकाविहानै सेता साधकहरु !

प्रभात सुवेदी । फागुन २८, बर्दिया ।

बिहानको पाँच बज्दा नबज्दै सेता पहिरनका साथमा केही साधकहरु टुप्लुक्क आइपुगे र निकै उत्साहका साथ एकठाउँमा जम्मा भएर जीवन र जगतका बारेमा चर्चा परिचर्चा गर्दै आफ्नो शरीर निरोगी र स्वस्थ्य बनाउनका लागि योगमा जुटे ।


यसरी जुट्न लागेको छ सात वर्ष भैसकेको थियो तर यो जुटाइले आजदेखि औपचारिक रुप लिएको छ । पतञ्जली योग समिति बर्दियाको समन्वयमा आजदेखि सञ्चालन गर्न लागिएको सह–योग प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आजदेखि गुलरियाको कर्मचारी मिलन केन्द्रको हलमा शुरुवात गरिएको हो ।

भोलिदेखि औपचारिक प्रशिक्षण शुरु गरिने भएकोले सहभागीताका लागि इच्छुक व्यक्तित्वहरुलाई अनुरोध गरिएको छ । पतञ्जली योग समिति काठमाडौंबाट आउनुभएकी योग प्रशिक्षक रिता कार्कीले कार्यक्रमको समुद्घाटन गर्नुहुँदै योगको महत्व र प्रशिक्षणका विविध आयामहरुका बारेमा जानकारी दिनुभएको थियो । साथै सहभागी प्रशिक्षार्थीहरुलाई निष्ठा र आस्थापूर्वक प्रशिक्षणमा सहभागी हुनका लागि अनुरोध गर्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा अतिथि प्रशिक्षकद्वय रिता कार्की, अञ्जल प्रभारी मदनकुमारी श्रेष्ठ लगायत जिल्ला समितिका अध्यक्ष डिल्ली ज्ञवाली, सचिव देवीराम लामिछाने, शिवु ज्ञवाली, भूमिराज लामिछाने लगायतले सहजीकरण गर्नुहुने बताइएको छ । 

कार्यक्रमको सहजीकरण गर्नुहुँदै साधक भूमिराज लामिछानेले विगत केही वर्षदेखि आ–आफ्नै हिसाबले गरिँदै आइएको योगलाई अब भने औपचारिक रुपमा नै सञ्चालन गर्न लागिएको बताउनुभयो । 


जम्मा १ सय १० घण्टा सम्म सञ्चालन गरिने प्रशिक्षण कार्यक्रममा प्रवेश तथा कोर्स पूरा गर्नका लागि फारम भर्नुपर्ने पूरा कोर्सको १ हजार पाँच सय शुल्क लाग्ने साधक शिवु ज्ञवालीले साझा सबाललाई बताउनुभयो । 

कार्यक्रममा स्वागत पतञ्जली योग समिति बर्दियाकी साधक तथा योग अभियान्ता शिवु ज्ञवालीले गर्नुभएको थियो भने आजको उद्घाटन कार्यक्रम अध्यक्ष डिल्लि ज्ञवालीको अध्यक्षतामा सम्पन्न गरिएको हो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ