२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कानुन बनाउँन पोखरा लेखनाथ महानगरपालिको दोश्रो नगरसभा सुरु

२९ फाल्गुन २०७४, मंगलवार ०७:२७

फागुन २९,  पोखरा    | पोखरा लेखनाथ महानगरपालिकाले एने कानून र कार्यविधि निर्माणमा गर्न दोश्रो नगरसभा सुरु गरेको छ । सोमबारदेखि शुरु भएको कानून केन्द्रित सभामा छलफलका लागि १८ वटा विधेक टेबुल गरेको छ । ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य सभासद्हरुलाई छलफलका लागिएको छ ।

विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगरपालिकाले विधेयकको रुपमा तयार गरेका १८ वटा कानूनी विधेयक सभामा पेश गरे । महानगरीय कृषि ऐन, कृषि बजार प्रबर्द्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निदेशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्दे्शिका र उपप्रमुखसँग महिला कार्यक्रमको निर्दे्शिका सोमबारको सभामा पेश भएका छन् ।


ऐन नियमका विषयविज्ञसँग छलफल गरेर अन्तिम दस्तावेज तयार गरिने मेयर मानबहादुर जिसीले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले कानून अभावले महानगरले देखिने गरी काम गर्न नसकेको भन्दै तुरुन्तै आवश्यक कानून निर्माण गरिसक्ने बताए । उनले यसको अध्ययन र सुझावका लागि सरोकारवालासँग आग्रह पनि गरेका छन् । ‘

कार्यक्रममा एमाले सचेतक, विधायन समितिका संयोजक तथा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले ऐन, कार्यविधि ड्राफ्टमात्रै भएकाले सुधारका लागि सुझाव आवश्यक रहेको बताए । वडा ९ का वडाध्यक्ष तथा काँग्रेसतर्फका वडाध्यक्षका सचेतक रामराज लामिछानेले समन्वयकारी भूमिकाबाट महानगरलाई सक्षम बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै