२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विकास निर्माणका काममा जान पाउदैनन छाउ भएकी महिला

२०७४, २९ फाल्गुन मंगलवार ०९:४१

नन्द बहादुर रोकाया/फागुन २९, मुगु | मुगु लगायत कर्णालीका जिल्ला तथा सुदूर र मध्यपश्चिमका जिल्लाका महिलाहरु महिनावारी भएका बेला बिकास निर्माणका कामबाट बन्चित हुने गरेका छन | अन्धविस्वासका कारण देवीदेवता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला सामाजिक रुपमा काम गर्नु हुदैन भन्ने अलिखित नियमले महिलाहरु महिनावारी भएका बेला विकास निर्माणमा काममा नजाने गरेका छन । 

महिनावारी भएकाबेला महिला लाई सामाजिक क्षेत्रका काममा लगाएपछी देविदेवता लाग्ने भन्दै महिला हरु कामगर्न नजाने गरेका हुन । महिनावारी भएकाले बेला अरुले थाहा पाउलान्, कतिपय अवस्थामा दुःखाइको पीडा जस्ता कारणलेपनी महिला नेतृत्व लगायत सामाजिक बिकास निमार्णका कार्यमा चासो नदेखाउने नजाने गरेका छायाँनाथ रारा नगरपालीका वडा नं १ की राम लक्ष्मी मल्लले बताउनुभयो ।  महिला हेरक क्षेत्रमा पछी परेका छन एक त महिलामाथि गरीने विभेदले पनी महिला जुन सुकैकाममा पनी पछी हट्ने गर्दछन ।

 पुरुष प्रधान देश भएकै कारण पनी महिला महिनावारी भएका बेला काम गरे अशुभ हुने भन्दै महिला लाई सामाजिक क्षेत्रमा काम नगराईने उहाँको भनाई छ । 

छाउपडी प्रथाले प्रत्येक व्यक्तिदेखि बिकास निमार्ण तथा समाजसम्मलाई असर परिरहेको छ ।

 छाउपडी प्रथाले निम्त्याएको असरका बारेमा सबै लाई थाहा छ । तर हरेक क्षेत्रमा महिलामाथि विभेद गरेका पाईन्छन महिला महिनाबारी भएका बेला काम गरेको थाहा पाए  पुरुषहरुले विभेद गर्ने गरेकाले महिलाहरु बिकास निर्माण काम गर्न नजाने गरेका महिलाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते