२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा: जोखिममा पढ्दैछन त्रिपुरा माविका विद्यार्थी

२०७४, २९ फाल्गुन मंगलवार १२:३४

टेकबहादुर शाही/फागुन २९, डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ अन्र्तगत त्रिपुरा माध्यामिक बिद्यालयका बिद्यार्थी ज्यानको जोखिम मोलेर पढ्ी रहेका छन् ।

दुई बर्ष देखि जीर्ण अबस्थामा रहेको भवनमा ज्यानको जोखिम मोल्दै पढ्नु पर्ने बिद्यार्थीको बाध्यता रहेको छ ।


दुई बर्ष पहिले नै हावाहुरीका कारण पटक–पटक छाना उडाए पछि ढुङ्गाले थिचेर पठनपाठन संञ्चालन गर्दै आएको बिद्यालयले जानकारि दिएको छ । बिद्यालयको तीन कोठे भवन जिर्ण छ,तीन बर्ष देखि जिर्ण भवनमानै प्रावि र निमाविका कक्षाहरु संञ्चालन गर्नुपर्ने बाध्यता छ,”प्रधानाध्यापक रमानन्द उपाध्यायले दुखेसो पोखे । उनि भन्छन कति बेला जस्तालाई थिचेका ढुङ्गा खसेर शिक्षक बिद्यार्थीको ज्यान जाने हो थाहा छैन् ।

भवन मर्मतका लागि जिशिका लगाएतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तरपनि कसैले नसुनेको शिक्षकको गुनासो छ । हाल कक्षा १,२,३ र ६ संञ्चालन गर्दै आएको भवन एकदमै जिर्ण छ । भवन जिर्ण छन हावा हुरिको समयो आयो डरैडरमा कक्षा कोठा भित्र जानु पर्छ ढुङ्गाले थिचेर घटना घट्ने हो टुङ्गो छैन् शिक्षक लोकश खत्रीले चिन्ता ब्यक्त गरे । 

“पटक–पटक हावाले छानो पल्टाउँछ,शिक्षक बिद्यार्थीहरु मिलेर त्यही छानो ओल्टाई पल्टाई कोठा ढाकेर पठन पाठन गर्न बाध्यता रहेको छ अभिभाबकहरु बताउछन । अभिभाबकहरु भन्छन यो ठाउ भन्दा अन्त कक्षा गर्न आर्थिक अभाब छ श्रमदानबाट मात्र सक्दैनौ शिक्षा कार्यालयले पनि हेरेन स्थानीय सरकारलाइ गुनासो गरे पनि सुनवाइ हुने देखिएन । 

त्रिपूराकोटमा जिल्लाकै सबै भन्दा तीब्र बेगमा हावा लाग्छ बिद्यालयको छाना ढुङ्गाले थिचेर छाएको छ दिनभर हावाले हल्लाउँदा डरले पढाइमा ध्यान दिन सकिदैन कक्षा ६ मा अध्ययनरत बिद्यार्थी बिनिता श्रेष्ठले बताइन । उनि भन्छीन कति दिन यसरि पढ्न सकिन्छ पढ्न भन्दा धेरै ध्यान छाना उडाउछ कि भन्नेमा जान्छ ।

भवन मर्मतको लागि विभिन्न संघ संस्थामा पहल गरेपनि कसैले पनि नसुनेको बिद्यालय ब्यबस्थापन समितिको भनाइ छ । जिल्ला भित्र रहेका जिर्ण बिद्यालय मर्मतका बर्षेनी लाखौँ रुपैया आँउछ तर हाम्रो बिद्यालयलाई कहिल्यी हेरेन् शिक्षक अभिभावक संघका अध्यक्ष पुरी प्रसाद हमालले बताए । तर शिक्षामा त्यसरि कुनै पनि मागहरु नआएको र अब स्थानीय सरकारले नै गर्ने जिल्ला शिक्षा कार्यालयको दावी छ । 

अब त गाउगाउमा सिँहदरवार छ,बिद्यालयमा सहयोग गर्छ कि भन्ने आसा छ अध्यक्ष हमालले आफनो जिज्ञासा सुनाइन । सुनौलो भविश्य बोकेका भविश्यका कर्णाधार कलिला बालबालिकालाई कक्षा कोठामा ढुक्कसँग पढ्ने बाताबरण बनाउनका लागि अभिभाबकहरुले सबैमा आग्रह गरेका छन । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो