२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न नागरीक संस्था एकजुट हुँदै

२०७४, २९ फाल्गुन मंगलवार १४:४४

फाल्गुन २९, अर्घाखाँची | पैरवीको क्षेत्रमा काम गर्ने संस्थाहरु एकजुट हुनुपर्नेमा एक कार्यक्रमबा बत्ताले जोड दिएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखँचीको बैठकमा बक्ताहरुले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्ने बक्ताहरुले स्वास्थ्यको पहुच आम नागरिक माझ पुयाउनको लागि  सबै नागरिक अगुवाहरु एक जुट हुने पर्ने बताएका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषिको सेवामा प्रभावकारीता ल्याउन स्थानीय नागरिकको भूमिका महत्वपूर्ण भएकाले नागरिकलाई सचेत बनाउनु पर्ने बताएका थिए ।  बोल्ने वक्ताहरुमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष भोज बहादुर गन्धर्व, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि सी लेकाली, अन्तरपाटि महिला संञ्जालकी अध्यक्ष सुशिला गैरे, लोकतान्त्रिक गैरसरकारी संस्थाका बाबुराम पौडेल, कमल बिश्वकर्मा, एकीकृत ग्रामीण बिकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय भुसाल, इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाल लगायतका रहनुभएको छ ।

बैठक सुशासन प्रबर्द्धन लागि जिल्ला स्तरीय नागरिक संजालका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता, पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो  । बैठकले जिल्लामा शिक्षा स्वास्थ्य, कृषिका सवालहरुको बारेमा छलफल गर्दै पैरवीका लागि सम्बन्धित सरोकारवालाको ध्यानकर्षण गराउने समेत निश्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला