विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नेपाल रेडक्रस सोसाइटी नुवाकोटमा चित्रकार सर्वसम्मत चयन

२०७४, ३० फाल्गुन बुधबार ०६:०१

फागुन ३०, नुवाकोट | नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ । 


विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्वसम्मतरुपमा वर्तमान सभापति चित्रकार चारवर्षे कार्यकालका लागि निर्वाचन हुनुभएको निर्वाचन समितिका संयोजक मनोज थापाले जानकारी दिनुभयो । 

रेडक्रस नुवाकोट शाखा सदस्यहरुमा सीता तामाङ, दिलबहादुर शाक्य, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, हरि श्रेष्ठ, श्रीराम पाण्डे, बादलमान श्रेष्ठ, विनोद पाठक, उद्धव शर्मा रिजाल, नारायणबहादुर पाण्डे र गोकर्णराज ढकाल मतदानमार्फत विजयी हुनुभएको छ । 

यसअघि, जिल्ला सभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेडक्रस जिल्ला शाखाले भूकम्पपछि उद्धार, उपचार, पुनःनिर्माण र जीविकोपार्जनमा पु¥याएको योगदान प्रभावकारी भएकाले आगामी दिनमा निरन्तर कायम राख्न नयाँ बन्ने नेतृत्वलाई आग्रह गर्नुभएको थियोे । 

जिल्लासभामा रेडक्रसका केन्द्रीय सदस्य मनोज थापा, केन्द्रीय संगठन विभाग प्रमुख विष्णुराज नेपाल, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, रेडक्रस जिल्ला सल्लाहकार डा केदारनरसिंह केसी, वर्तमान उपसभापति राजकुमार भट्टराई लगायतले विपद्को समयमा उद्धारमा परिचालन हुँदै आएको रेडक्रसको छवि, सिद्धान्त र मान्यता विश्वसामु उत्कृष्ट रहेको बताएका थिए । 

कार्यक्रममा उत्कृष्ट उपशाखा झिल्टुङ, उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा चण्डेश्वर मावि तुप्चे र उत्कृष्ट स्वंयसेवकमा देउरालीका सीता तामाङलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला