विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नेपाल रेडक्रस सोसाइटी नुवाकोटमा चित्रकार सर्वसम्मत चयन

३० फाल्गुन २०७४, बुधबार ०६:०१

फागुन ३०, नुवाकोट | नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा सभापतिमा पुनः सुरतबहादुर चित्रकार चयन हुनुभएको छ । 


विदुरमा मंगलबार भएको २९औँ जिल्लासभामार्फत सर्वसम्मतरुपमा वर्तमान सभापति चित्रकार चारवर्षे कार्यकालका लागि निर्वाचन हुनुभएको निर्वाचन समितिका संयोजक मनोज थापाले जानकारी दिनुभयो । 

रेडक्रस नुवाकोट शाखा सदस्यहरुमा सीता तामाङ, दिलबहादुर शाक्य, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य, केशव सुवेदी, हरि श्रेष्ठ, श्रीराम पाण्डे, बादलमान श्रेष्ठ, विनोद पाठक, उद्धव शर्मा रिजाल, नारायणबहादुर पाण्डे र गोकर्णराज ढकाल मतदानमार्फत विजयी हुनुभएको छ । 

यसअघि, जिल्ला सभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले रेडक्रस जिल्ला शाखाले भूकम्पपछि उद्धार, उपचार, पुनःनिर्माण र जीविकोपार्जनमा पु¥याएको योगदान प्रभावकारी भएकाले आगामी दिनमा निरन्तर कायम राख्न नयाँ बन्ने नेतृत्वलाई आग्रह गर्नुभएको थियोे । 

जिल्लासभामा रेडक्रसका केन्द्रीय सदस्य मनोज थापा, केन्द्रीय संगठन विभाग प्रमुख विष्णुराज नेपाल, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, रेडक्रस जिल्ला सल्लाहकार डा केदारनरसिंह केसी, वर्तमान उपसभापति राजकुमार भट्टराई लगायतले विपद्को समयमा उद्धारमा परिचालन हुँदै आएको रेडक्रसको छवि, सिद्धान्त र मान्यता विश्वसामु उत्कृष्ट रहेको बताएका थिए । 

कार्यक्रममा उत्कृष्ट उपशाखा झिल्टुङ, उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा चण्डेश्वर मावि तुप्चे र उत्कृष्ट स्वंयसेवकमा देउरालीका सीता तामाङलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य