गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए"/>
गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए"/>
प्रभात सुवेदी । फागुन ३०, बर्दिया ।
गुलरिया निवासी समाजसेवी व्यक्तित्व खेटराज उपाध्याय र वहाँकी धर्मपत्नी दुर्गादेवीको नामबाट स्थापित गरिएको दुर्गादेवी खेटराज उपाध्याय पुरस्कारबाट एसइई परीक्षा २०७३ मा जिल्लामै ३.९ जिपिए सहित सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थी ईन्द्र बहादुर थारुले प्राप्त गर्नुभएको छ ।
सो पुरस्कार आज विद्यालयमा आयोजित एक कार्यक्रममाबीच खेटराज उपाध्याय तथा विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । नगद रु. ५ हजार र सम्मान पत्रसहितको यो पुरस्कार ईन्द्रबहादुर थारुका पिता कृष्णबहादुर थारुले ग्रहण गर्नुभएको हो ।
गेरुवा गाउँपालिका वडा नं. ४ निवासी कृष्णबहादुर थारु पेशाले किसान हुनुहुन्छ । सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गर्नुहुँदै खेटराज उपाध्यायले ईन्द्र बहादुरको उत्तरोत्तर प्रगतिको कामनाका साथ विद्यालयलाई आगमी दिनमा पनि यसैगरी उत्कृष्ट नतिजा हासिल गरिरहनका लागि शुभकामना दिनुभयो भने प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले विद्यालयले यसका लागि सक्दो कोशीष गरिरहेको र यस प्रकारका नतिजा हासिल गर्ने सत्प्रयासहरुमा निरन्तर लागिरहने बताउनुभयो ।

निज विद्यार्थी हाल पूर्ण छात्रवृत्तिमा काठमाडौंको एक कलेजमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।