२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको आधा दर्जन गाउँको वनमा निलगाई फेला

२०७४, ३० फाल्गुन बुधबार ०७:५३

फागुन ३०, गौशाला | महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती आधा दर्जन गाउँमा एक्कैसाथ १०० भन्दा बढी निलगाई फेला परेको छ । 

भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँहरुमा १०० भन्दा बढीको संख्यामा दुर्लभ वन्यजन्तु निलगाई देखिएको स्थानीय बासिन्दाले बताएका छन् । 

स्थानीयले यसअघि कहिले नदेखिएको गाईजस्तो देखिने तर निलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि त्यसलाई देख्नका लागि स्थानीयवासीको ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताउनुभयो । 

ती निलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलकाहुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवेधश कापरले बताउनुभयो । 

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वन नजिकको सबै बालीनाली नष्ट गर्न लागिपरेको छ । 

करिब एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँको बालीनाली नष्ट पारिरहेको गैंढाभेटपुरका वीरेन्द्र यादवले बताउनुभयो । 

जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा पानीको स्रोतको अभाव, डढेलो र चोरी शिकारीजस्ता क्रियाकलाले तीव्रता पाएको कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीको आशंका छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला