२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्राविधिक शिक्षा सञ्चालन गर्न धार्मिक महोत्सव

२०७४, ३० फाल्गुन बुधबार १६:४०

प्रकाश बम | फागुन ३०, डोटी | डोटीमा शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको तयारी अन्तीम चरणमा रहेको आयोजकले जनाएको छ । आज सिलगढीमा गरीएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

डोटी बहुमुखि क्याम्पसमा प्राविधिक शिक्षा लगाएतका सर्वाङ्गिण बिकासका लागि यहि चैत्र ४ गतेदेखि ११ गते सम्म धार्मिक महायज्ञ सञ्चालन गर्न लागिएको डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले बताउनु भयो । अहिलेको समयमा प्राबिधिक शिक्षा धेरैको रोजाई र आवश्यक रहेकाले बि.एस.ए.जि पठन पाठनका लागि महोत्सव सञ्चालन गर्न लागिएको उहाले बताउनु भयो ।


शैलेश्वरी मन्दिरको धार्मिक महत्वलाइ अझै दर्शाउन महोत्वसले ठुलो भुमिका खेल्ने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा संरक्षक प्रेम शंकर भट्टले बताउनु भयो । पछिल्लो समय समाजमा मुल्य , मान्यता नैतिक हृास हुदै गएकाले यसको संरक्षणका लागि यस्ता धार्मिक ज्ञान महायज्ञ आवश्वक रहेको उहाले बताउनु भयो ।

उक्त महायज्ञमा  प्रमुख प्रबचनका लागि बिदुषि यसोदा देवि कौण्डिन्य रहेकी छन् । साथै उद्धाटनमा एक हजार आठ स्वामि लक्ष्मि देश राज आश्चार्य आउने जनाएको छ । उक्त महायज्ञमा आधाशिव र आधा पार्वतिको मुर्ति भएको अर्धनग्नको दुइ हजार दुइ सय मुर्ति समेत राखिने आयोजकले जनाएको छ ।


शैलेश्वरी धार्मिक महोत्वस ज्ञान महायज्ञको लागि १७ वटा उपसमिति गठन गरीएको क्याम्पस प्रमुख कठायतले बताउनु भयो । बिहिबार देखि सरसफाइ,बजार सजाउने ,गेट बनाउने लगाएतका काम गरीने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित