२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा ब्याकलोडर मेसिनले ठक्कर दिँदा एकको मृत्यु

२०७४, ३० फाल्गुन बुधबार १७:३७

फागुन ३०, बर्दिवास (रासस) | महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१ मा ब्याकलोडर मेसिनको ठक्करले घाइते भएका करिब ७० वर्षीय एकजना बेवारिसे वृद्धको मृत्यु भएको छ । 

मङ्गलबार बर्दिवास–१ सिन्धुलीरोडमा ना१क ७१९० नंको ब्याकलोडरले ठक्कर दिँदा घाइते भएका वृद्धको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले आज जनाएको हो । 

ब्याकलोडरको ठक्करले घाइते भएका वृद्धलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा अवस्था गम्भीर देखिएपछि तत्काल उपचारका लागि सिन्धुली अस्पताल राखिएको थियो । सिन्धुली अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले आज साँझ पत्रकारलाई जानकारी गराउनुभएको हो । 

वृद्धलाई ठक्कर दिने ब्याकलोडर मेसिन (गाडी) र चालक नियन्त्रणमा राखिएको प्रनि थापाले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी