२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरी: बेपत्ता छोरी खोजिदिन बुबाको आग्रह

२ चैत्र २०७४, शुक्रबार ०५:५३

चैत २, इनरुवा | तीन साताअघि बेपत्ता भएकी छोरीको अवस्था अज्ञात रहेको भन्दै पत्रकार सम्मेलन गरी एक बाबुले आफूलाई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । 

आफ्नी १८ वर्षीया छोरीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकार सम्मेलन गरी सरोकारीसमक्ष गुहार मागेका हुन् । 

पीडित पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता भएकी भनिएकी मनिताकुमारी मेहताका बाबुले कप्तानगञ्जका शिवकुमार मेहताले परिवारको मिलेमतोमा छोरी बेपत्ता पारेको आरोप लगाएका छन् । 

घटनाबारे प्रहरीमा समेत उजुरी गरेको बताउने पीडित पक्षले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेको छ । आर्थिक अवस्था कमजोर रहेको र आफू असक्षम रहेकाले छोरीको खोजीमा हिँड्न नसकेको पीडित पक्षको भनाइ छ । 

पीडितका बाबुले प्रहरीले छोरी खोज्न आफैँ जान र भेटेपछि जानकारी गराउन भनेको बताए । पीडित पक्षले छोरीलाई केटाको आफन्तको बसोबास रहेको भारतको पञ्जाब लगेको हुनसक्ने आशंका गरेको छ । केटा पक्षका आफन्तले छोरी फिर्ता लैजाने भए रु १० लाख रकम दाबी गरेको समेत पीडित पक्षको आरोप छ । 

पीडित परिवार प्रहरीसमक्ष पुगेको जानकारी पाएपछि पीडक पक्षले मनिता बिरामी भई अस्पताल भर्ना भएको र उनको मृत्यु भएको जानकारी गराएकाले घटना थप रहस्यपूर्ण बनेको पीडितका आफन्तको भनाइ छ । उता सुनसरी प्रहरीले भने शिवकुमार र मनिताबीच प्रेम रहेको र दुवै भागेको कुरासमेत आएको जनाएको छ । 

घटना प्रेम सम्बन्धको भएपनि दुवै पक्षलाई झिकाएर परिवारलाई खोजीमा लाग्न भनेपनि प्रहरीको सुक्ष्म अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमोरियाले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य