२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा जलविद्युत् आयोजनाको सुरुङ खन्दा पानीको मुहान सुक्यो

२०७४, २ चैत्र शुक्रबार ०७:४०

चैत २, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ । 

बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए । 

मुहान सुकेपछि त्यस क्षेत्रमा खानेपानीको चर्को समस्या भएको वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताउनुभयो । पटारमा २७ घरधुरीको बसोबास छ । प्रभा माविमा २५० विद्यार्थी अध्ययनरत् छन् भने क्याम्पमा १०० जना भन्दा बढी सेना बस्दै आएका छन् । 

जलविद्युत् आयोजनालाई वैकल्पिक ठाउँबाट खानेपानीको आपूर्ति मिलाउन आग्रह गरिएको वडाध्यक्ष फगामीले बताउनुभयो । आयोजनाका परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जमिनभित्र सुरुङ खन्दा बाहिर रहेका मुहानमा असर पर्नु स्वाभाविक भएको बताउँदै खानेपानी अभावको समस्या समाधानका लागि वैकल्पिक व्यवस्था मिलाउन लागिएको बताउनुभयो । 

नजिकैको अर्को मुहानबाट पाइपमार्फत पानी ल्याएर आपूर्ति गराउने र आगामी दिनमा यस्तो समस्या आए कसरी समाधान गर्न सकिन्छ भनेर योजनासमेत बनाइएको इञ्जिनियर खड्काले बताउनुभयो । 

रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको दुई हजार २८८ मिटर सुरुङमध्ये अब ७०० मिटरमात्र खन्न बाँकी छ । पानीको मुहान सुक्ने र केही समस्या देखिएपछि भूगर्भविद्को टोलीले गरेको अध्ययनको प्रतिवेदनका आधारमा अघि बढ्ने इञ्जिनियर खड्काले बताउनुभयो । 

विद्युतगृह निर्माणमा ७५ प्रतिशत, बाँधमा ३० प्रतिशत र पाइपलाइनमा ४० प्रतिशत काम सकिएको छ । सन् २०१६ को जुलाई १३ देखि शुरु भएको आयोजना निर्माण कार्य २०१९ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते