नगरले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नगरले "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराज ३ खुल्ला दिशा मुक्त घोषणा

२ चैत्र २०७४, शुक्रबार ०९:२७

माधव बेल्वासे/चैत्र २, कपिलवस्तु | कपिलवस्तुको  शिवराज नगरपालिका वडा नं ३ लाई शुक्रावार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ ।


नगरले लिएको वैसाख भित्रमा नगरलाई नै खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा गरएको हो ।

३ नम्वर वडाको पहिचान खुल्ला दिशा मुक्त अभियान भन्ने नारा सहित सो अभियान संचालन गरिएको थियो ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकालाई वैसाख भित्रै खुल्ला दिशा मुक्त घोषणा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।नगर भित्रका ११ वडा मध्ये ६ वटा वडा खुल्ला दिशा मुक्त घोषणा भइसकेको र वाकि ५ वटाको तयारी भइरहेको प्रमुख अधिकारीले वताउनु भयो ।जनसमुदाय आफै सजक भएकोले अव शौचालय बनाउन भनेर अनुरोध गर्न नपर्ने र आफैले शौचालय निमार्णमा सवै लागी परेको वताए । उनले भने– “शौचालय सवैलाई आवश्यक हो  त्यसैले सवैले यसको प्रयोग गर्नु पर्छ” । क्रमश वडाहरुलाई खुल्ला दिशा मुक्त घोषणा गरी यस नगरलाई सुन्दर र हरभरा गराउने योजना रहेको अधिकारीले वताए ।

खुल्ला दिशा मुक्त घोषणा गर्दै शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वडामा रहेका १३ सय ४ घरधुरीमा पहिला ६ सय ६८ घरधुरी मा र अहिले ६सय ३६ घरधुरीमा शौचालय बनेको वताए । वडालाई खुल्ला दिशा मुक्त घोषणा गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

वडा अध्यक्ष सापकोटाले अवका दिनमा शौचालयको प्रयोग गरे नगरेको अनुगमन गरिने वताए । वडाका आगामी दिनमा पुर्णसरसफाई,सुरक्षीत खानेपानि,वालमैत्री स्थानिय शासन युक्त वडा,पुर्ण साक्षर,पुर्ण खोप युक्त वडा  लगाएतका कामलाई पुरा गर्ने जनाए ।कार्यक्रममा सुआहाराका प्रविधिक मास्टर दयाराम शर्मा,शिवराज नगरपालिकाका सरसफाई दुत महादेव पोख्रेल लगाएतले शौचालय निमार्ण गरेर मात्र नहुने प्रयोग गर्नुपर्ने वताए ।

युनिसेफको सहयोग कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, उपमेयर शिवकुमारी थारु,प्रशासकिय अधिकृत शेसकान्त पौडेल,इलाका प्रशासन चन्द्रौटा प्रमुख जगदिश अर्याल लगाएतको सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने